माफ गर है मैले तिम्रो बाचा पूरा गर्न सकिन ।

दुई वर्ष बितिसकेछ तिमी सँग छुट्टिएको पनि। हजारौ उतारचढावका बाबजुत पनि खुसी छु, सुखी छु जीवन जिउँदै छु, तर यो दुई वर्षमा मैले तिमीलाई नसम्झेको कुनै एक पल नहोला म सँग! धेरै पटक तिमीलाई कन्ट्याक गर्न खोजे तर त्यो तिम्रो जिद्दी पनाको अघि मैले जितेको कहिले छु र?

आज पनि बल्ल तल्ल सामर्थ्य जुट्यो दुई चार शब्द तिमीलाई लेखु केही मनका भारी हरु फेरि त्यो चौतारीमा बिसाउँ अनि क्षणभर वास्तविकता बाट टाढा गएर तिमीसँग क्षितिज पारीको सँसारमा रमाउँ। बस यही चाहमा फेरि तिम्रो दिलको ढोका घच्घच्याउन आएको छु।

उत्तर त पाउँदिन होला मेरा प्रश्नहरुको तैपनि मलाई तिमीसँग कहिल्यै केही गुनासो रहने छैन किनकि मलाई थाहा छ तिमी जस्तै म पनि तिम्रो सम्झनामा हरेक पल दगुरेको हुन्छु र जीवन रहुन्जेल सम्म यो क्रम निरन्तर चल्नेछ।

तिमी कहां छ्यौ? कस्तो अवस्थामा छ्यौ? तिमीलाई मैले सोधीरहनु अनि जानी राख्नुपनि जरुरी नलाग्ला तर मेरो ठूलै इछ्याभित्र को एउटा इछ्या हो यो। तिमीसँग छुटे छुटेर क्यानडा आएदेखि यतै छु, विवाह पनि यतै गरे, एक वर्षकि त छोरीनै भैसकिन, धेरै माया गर्ने जीवनसाथी पाएको छु तैपनि तिम्रो अभाव मेरो दिल र दिमागमा पूरा गरिदिन कसै केहीले सकेन।

मैले यस्तो भनिरहँदा तिमीलाई लाग्ला म कसैलाइ धोका दिदैछु र यदि त्यही हो भने पनि म मेरो अपराध स्वीकार्छु तर सायद तिमी मेरो जीवनको त्यो हिस्सा हौ जो बिना मेरो श्वास मात्र सम्झौताको फगत फेराइ भएको छ जो आफ्नो लागि नभई अरुको लागि जीवित रहन लिनुपर्छ…।

एकबिहानै आँखा खोल्दा मोबाइलको इनबक्समा आएको मेलको एक अंस हो यो। अनि सेन्ड गर्ने व्यक्ति दुई वर्ष अघि जिन्दगीमा कहिल्यै नभेट्ने बाचा सहित छुटिएको मेरो प्रेमी, म उसलाई कहिल्यै भूतपूर्व भनेर भन्न सक्दिनँ किनकि आज पनि उसको प्रेम म भित्र जीवित छ।

अनि सांच्चै उसले भने झैं मेरो अन्तिम श्वास सम्म रहनेछ। यसै पनि हामीले शरिर एक बनाउँन प्रेम गरेकै कहां थियौ र? छुट्नु पर्छ भन्ने थाहा हुंदाहुदै पनि हामि नजिकिएका थियौ। हामी जीवन भरको लागि मात्र त्यो एक पल जिउन चाहन्थ्यौं। जुन हाम्रो लागि जीवनभर साथ रहोस सम्झनामा, खुसीहरूमा, कल्पनामा, अनि हर सुखद अनि दुखद क्षणहरुमा।

विदेशको ठाऊँ यसै पनि आफ्नो आफन्त र मायाको खडेरी, ऊसँगको मेरो भेट, रँग नम्बर बाट आएको एउटा फोन कलले जुटाएको अजीवको प्रेम आखिर जिन्दगीभरिको लागि मृगतृष्णा बनेर रह्यो। एकै ठाउँमा भएर पनि हाम्रो प्रत्क्षय खासै भेटघाट हुदैनथ्यो। फुर्सद हुनसाथ या फुर्सद निकालेर हाम्रो फोनमै कुरा हुन्थ्यो। सुरुसुरुमा बोल्न असहज लाग्ने मलाई बिस्तारै उसको आदत बन्दै थियो। कयौ रात यसै बित्थे बोल्दा बोल्दै, हास्दा हांस्दै अनि कति पटक रुदारुदै पनि।

शरीर सँग को मोह दुवैमा त्यति नभएर पनि होला हाम्रो प्रेमले कहिल्यै भौतिक निकटता खोजेन। तर यादमा कति धेरै पागलपन अनि कति गहिराई थियो आज आएर महसुस हुन्छ। हामी दुवैको अलग गन्तव्य, छोटो दुरीका सहयात्री हामी, मात्र एक महिना समय हामीले साथ बितायौ त्यो पछि उसको यात्रा अघि बढ्यो अर्को देश तर्फ। म पनि फर्किए एक वर्ष पछि आफ्नै देश।

यसो विगत तिर फर्किएर हेर्छु कहिलेकांही, धेरै कुरा बदलिसकेछन यदाकदा म आफै पनि। दुखका पहाडहरु कसरी बिस्तारै बिस्तारै उक्लिनु पर्छ भन्ने कुराको ज्ञात त बल्ल बल्ल हुंदैछ मलाई। लाग्थ्यो धेरै कुरा भोगिसके जिन्दगीमा तर होइन रहेछ भोगाईको सुरुवात त अब मात्र पो हुदै रहेछ।

आफ्ना विगतहरु सँग एक दुई गर्दा गर्दै थोपरिएका गुनासोका भारीहरु निक्कै गरुंगो भैसकेछन। थचक्क बसेर जुरुक्क उठ्ने हिम्मत मैले अझै सम्म पनि जुटाउन सकेकी रहिनछु। मलाई महसुस हुंदैछ मेरो सोचाइ झैं त्यसको काविल बन्न मैले मेरो जिन्दगीमा जाने अझै धेरै पहिरो सँगसँगै बग्नु पर्नेछ।

मलाई निन्द्रा लाग्दैन रातमा धेरै बेर सम्म, केही नदिए पनि यो एक्लोपनमा मलाई साथ ती विगतका तिता मिठा यादहरुले दिन्छ्न। म तिनै भित्र हास्छु तिनै भित्र रुन्छु अनि तिनै भित्र आफुलाई बिलिन गराउँछु, कहिलेकांही यिनै यादहरु ले मलाई छट्पटी गराउँछन, बेचैन बनाउँछन, अजिव सँग मेरो घांटी निमोठ्न खोज्छन अनि बिस्तारै काखको सिरानी पर फालेर पानीको घुट्कीमा क्षणभर म यी सब स्मृतिबाट अलग बन्छु, यध्यपी पलभर चैनको श्वास लिने आशा म भित्र जाग्छ।

तिमी त मेरो छांया हौ,कसरी म बाट अलग हुन सकौली र? केहीबेर को अँध्यारोले तिमीलाई म बाट अलग्गिएको भान होला या तिमीलाई भ्रम पैदा होला तर अहँ भ्रम कहिल्यै यथार्थ बन्दैन त्यो तिमीलाई पनि थाहा छ र मलाई पनि। भावनामा बहकिएर प्रेम गर्न सांच्चै रमाईलो लाग्दो हो उसलाई।

कल्पनाको सँसार यसै पनि रमाईलो नै त हुन्छ। क्षितिज पारीको त्यो डुब्न लागेको घाम,सांझको समय,समुन्द्र किनारको चिसो बतास। उसले आफ्नो अँगालोमा मलाई कस्दै अन्तिम भेटमा बोलेका शब्दहरु को आहट अहिले पनि मेरो कानमा गुञ्जयमान हुन्छ अनि मुटु तेजले धड्काई दिन्छ।

काली के भयो? श्रीमानको सोधाईले अचानक म झस्किन्छु। सायद म भावुक भएछु क़्यार। क्लियर हिस्ट्री गरेर बोल्छु खै कस्को मेल आएछ सायद झुक्किएर मेरोमामा सेन्ड भए जस्तो छ।

हामी नदीका दुई किनारा सँधै सधैका। न त म कहिल्यै तिम्रो बन्न सक्छु न तिमी नै मेरो। यो प्रेमले न तिमीलाई कहिल्यै खुसी दिनेछ न मलाई र त्यो एक दिन अवस्य आउनेछ जून दिन आफ्ना विगततीर फर्किएर हामी न खुलेर हांस्न सक्नेछौ न खुलेर रुन, याद राख त्यो दिन हामी पूर्ण भएर पनि रित्तो हुनेछौ, भीडमा पनि एक्लो महसुस गर्नेछौ, जीवन हुनेछ तर जीवित हुने छैन र त्यो दिन अवस्य आउनेछ।

मैले मुटु मिचेर त्यो बेलामा बोलेका यी शब्दहरु हेरत आज वास्तबिकता बने। क्लियर हिस्ट्री गरेर मनमनै भन्छु मलाई पनि माफ गर है, तिम्रो मेरो प्रेम कहानी अधुरो नै मिठो लाग्छ मलाई, अनि मौनता भित्र को तडप नै उचित।

Advertisements

मालचरी 

  •  

     

     

     

  • Keshab raj bhandari

united

त्यो उसको आदेशजस्तै थियो। पालन गरें। घन्टी गएपछि फोन उसले समाती–आन्टी, आज हजुरको छोरा मेरो घर जान्छ। पीर गर्नुपर्दैन, भोलि आइहाल्छ।शुक्रबारको दिन, दिउँसो चार बजेतिर मेरो अफिसको गेटमा आएर उसले भनी– आमालाई फोन लगाऊ।

फोन मलाई दिएर स्कुटीमा बस्न संकेत गरी। म अलमलमा परें।

‘के ट्वाँ परिरको, बस पछाडि’, उसले भनी। अफिस गएर ब्याग लिएर आएँ।

पहिलोचोटी मलाई आफ्नो घर लैजाँदै थिई। मुटु ढुकढुक भइरहेको थियो। त्योभन्दा पनि बढी उसले आमासँग कति सजिलै भनीदिई– हजुरको छोरा मेरो घर जान्छ। पीर गर्नुपर्दैन, भोलि आइहाल्छ। मानौं म सानो बच्चा हुँ।

चिया पसलमा उसलाई भेटेदेखि धर्मशास्त्रका किताब पढेर ज्ञानी बन्ने मेरो सपना फिक्का भएको थियो। हुँदाहुँदा पछि त ऊ स्वंय धर्मशास्त्रजस्ती बनी। यस्तो लाग्थ्यो– मेरो ब्रह्माण्ड उसैलाई केन्द्रबिन्दु मानेर फनफनी घुमिरहेछ।

गोंगबु चोकदेखि भित्रैभित्रै म कहिल्यै नगएको ठाउँमा उसले स्कुटी लगी। एउटा नयाँ घरको आँगनमा रोकेर स्टयान्ड लगाई। 

‘ऊ हाम्रो नेपालगञ्जको अफिसको स्टाफ, काम परेर आको थियो’, आफ्ना आमाबुवासँग मेरो झुठो परिचय गराई, ‘एक रात किन होटलमा बस्नु? हाम्रै घर खाली छ भनेर लिएर आको।’

‘घरै ल्याइसकेपछि झुठो परिचय किन गराई होली?’

मैले दुबै हात जोडेर नमस्कार गरें। उसले मलाई हेरी र बाँया आँखा झिम्काई।

मलाई लिएर पाहुना कोठामा राखी। कोठामा गएर कुर्तासुरवाल लगाएर निस्की। एकछिनमा हाँस्दै आएर भनी– दुध चिया पिउनुस् सर।

मैले गिलास समातें।

‘म गएँ भान्छामा, ममीलाई सघाउन’, मलाई आँखा झिम्काएर ऊ हिँडी।

चिया पसलमा चुरोटको धुँवा उडाउँदै हिँड्ने यो केटी घरमा कति सरिफ हुँदी रैछ। सम्झेर मनमनै हाँसो उठ्यो। हिजो साँझ आमा पनि भन्दै थिइन्– त्यो अस्ती आएकी नानी कस्ती शील स्वभावकी रैछिन्।

मैले कोठामा यताउति नजर डुलाएँ। ओपेरा हाउसको सामुन्ने उभिएको केटाको ठूलो तस्बिर भित्तामा टाँसिएको थियो।

ओपेरा हाउस, थेम्सको पुल, स्टाच्यु अफ लिबर्टी, कोरियाको एनसेन टावर, दुबईको ब्रुज खालिफा, मलेसियाको ट्वीन टावर अचेल काठमाडौंका घरभित्रै भेटिन्छन्।

खाना खाने बेलामा उसका बुवाले सोधे– के थरी पर्नुभो तपाईँ?
‘सापकोटा।’
‘बिहेबारी भइसक्यो?’
मैले नाइँको संकेतमा टाउको हल्लाएँ। 
‘अब हुन्छ,’ उसले बीचमा प्वाक्क बोली। मैले खान लागेको गास रोकेर पुलुक्क हेरें। उसले बाँया आँखा झिम्काई।

‘बुवा के गर्नुहुन्छ?’ उनले फेरि सोधे।

अब मसँग बोल्ने शब्द भएन। केहीबेर मौनता छायो। मौनता चिर्दै उसले भनी– उसको बुवा गाउँको स्कुलमा हेडसर हुनुहुन्थ्यो। माओवादी द्वन्द्वका बेला एकदिन हेलिकोप्टरमा आएका आर्मीले सोधपुछ गर्नुछ भनेर लिएर गए। १२ वर्ष भइसक्यो अहिलेसम्म फर्किनुभएको छैन।

मैले अचम्म मानेर उसलाई हेरें– कसरी थाहा पाई यसले बुवाका बारे?

त्यसपछि कसैले केही बोलेन। हात चुठेर फेरि पाहुना कोठामा आएँ। कहिँ बुवाको प्रसंग आउनासाथ म आफूलाई निरिह ठान्छु। बुवा नहुँदा भोग्नु परेका कष्ट सम्झन्छु। साँच्ची बुवा नहुँदा जिन्दगी हरेक पाइला पाइलामा कठिन हुँदो रैछ।

मोबाइलमा म्यासेजको घन्टी बज्यो। उसले लेखेकी थिई– ढोकाको चुकुल नलगाई बस। १० बजेपछि म आउँछु।

‘फेरि के गर्न आँटी यसले’, सोचेर चुकुल नलगाई बसें।

सवा १० बजेतिर ऊ सुस्तरी कोठाभित्र पसी। डिम लाइट बाली। कुर्सी तानेर म पल्टिएको पलङको छेउमा बसी। उसको शरीरको गन्धले मेरो आङ सिरिङ भयो।

‘अचेल त्यो मगर केटी कहाँ गई, स्कुलमा उसले स्कट लगाएर चुंगी खेलेको तिमी खुब हेथ्र्यौ नि?’ उसले सोधी।

मैले ठूलै पोल खुलेजसरी आश्चार्य मानेर हेरें।

‘के हेरेको नि त्यसरी? मलाई सब थाहा भइसक्यो। दुई दिन दिउँसो म तिम्रो कोठामा गएकी थिइँ। तिम्रा सबै डायरी पढें अनि आमासँग पनि मज्जाले बात मारें,’ उसले भनी।

मैले केही बोलिनँ।

‘अनि त्यो घिमिरेकी छोरी, जसका दाजुभाइ नभएकाले तिमीहरुसँगै अदुवा र घ्युको भारी बोकेर हाट जान्थी। उसको ठूलो भारी देखेर तिमी सोच्थ्यौं, अलिकति सामान बरु मै बोकिदिन्छु, ऊ कता छ अचेल?’

मैले फेरि पनि उत्तर दिइनँ।

‘फेसबुकमा खोज न कतै भेटिन्छन् होला। बन्दुकको नालबाट राज्यसत्ता जन्मिन्छ, बुज्रुवा शिक्षा पढेर काम छैन भन्दै माओवादी बनेको तिम्रो मिल्ने साथीले त पक्कै फेसबुक खोल्या होला।’

सोचें–जसले आफ्नै बुवा कहाँ गए भन्ने १२ वर्षसम्म मेसो पाउन सकेको छैन उसलाई बालसखाको के अर्थ?

म ९ क्लास पढ्दा माओवादीले बुवासँग अत्तो थापे–कि तपाईँ पार्टीमा लाग्नुस् नभए छोरालाई भूमिगत बनाएर पठाउनुस्। त्यतिबेला माओवादीहरू दिनदिनै हाम्रो स्कुलमा आइरहन्थे।

एकदिन अखिल क्रान्तिकारीको अध्यक्ष बनेको मेरो साथीलाई उनीहरूले अबिर लगाइदिए। उसले दाहिने हात उठाएर दह्रो मुड्की कस्यो।

बिहान झोलामा किताब बोकेर ऊ र म सँगै स्कुल गएका थियौं। साँझ ऊ नयाँ राज्यसत्ता जन्माउन हिँड्यो म पुरानै बाटो एक्लै घर फर्किएँ।

त्यसको केहीदिनपछि एक साँझ स्कुलबाट फर्केर बुवाले भने– केटा, भोलि तँ र म हाट जाने। किताबसिताब हालेर झोला तयार पारेस्।
भदौ महिना त कहिल्यै हाट जानुपर्दैनथ्यो। हाट जाँदा अदुवा र घ्यु बोक्नु पर्थ्यो। किताब लिएर हाट जानुपर्ने बुवाको कुरा मैले बुझिनँ। सोध्ने आँट पनि भएन। अरुका लागि बुवा स्कुलमा मात्र हेडसर थिए मेरा लागि त घरमा पनि।

अर्को दिन बिहानै बुवाले वडा जनसरकार प्रमुखसँग हाट जाने स्वीकृति पत्र बनाए। त्यो दिन भदौरे झरी परिरहेको थियो। कर्णाली उर्लिएको थियो। डुंगामा चढ्नुअघि माझीले भन्यो–दुबैतिर बेस्सरी समाएर पुरै घोप्टो पर्नु है।

पारि पुगेपछि बुवाले भने– केटा, अब तँ सदरमुकाममा पढ्ने। बिएस्सी गरेर साइन्स टिचर बन्नुपर्छ। विज्ञान पढाउने मास्टर नपाएर हैरान भइयो।

त्यतिबेला खुब दंग परेर मैले भनेको थिएँ–हुन्छ बुवा।

त्यसपछि न दशैंमा घर गएँ, न छुट्टीमा। गाउँमा फोन थिएन। कहिलेकाहीँ चिठी पठाउँथें।

दसैं र तिहारको छुट्टीमा बुवा नै मलाई भेट्न आउँथे। आमाले घ्यु मह हालेर बनाएको कसार ल्याइदिन्थे। अनि चाहिनेजति सामान सबै किनिदिन्थे। जे मन लाग्छ खर्च गरेस् भनेर पैसा दिन्थे। त्यो पैसा म सिरानीमुनि हालेर सुत्थें। लाग्थ्यो– बुवासँग मलाई सबथोक किन्न पुग्ने पैसा छ। घर फर्किने बेला बुवा मेरो टाउकोमा जब हातले सुम्सुम्याउँथे, मनमनै सोच्थें– बुवा अब हेडसरबाट मेरा बुवामात्र भएछन्।

एसएलसी परीक्षा राम्रै भएको थियो। खुसीले बुकुर्सी मार्दै म घर गएँ। घर गएपछि थाहा भयो– बुवालाई त आर्मीले लगेको दुई महिना भइसकेछ।

‘अँ साँच्ची ती मालचरी अचेल पनि उड्छन् होला है,’ उसले मेरो स्मृतिको रिल रोकी।

‘थाहा छैन’ मैले सुस्तरी भनें।

बुवालाई आर्मीले लिएपछि सानो भाइ बेलाबेलामा रुन्थ्यो र आमालाई सोध्थ्यो– बुवा कहिले आउँछन्?

आमा झुठ बोल्थिन्– पछि मालचरी फर्कने बेलामा आउँछन्।

भाइ मालचरी आउने बेला कुरेर बस्थ्यो।
दशैंका बेला मालचरी माथि माथि आकाशमा लहर बनाएर उधोतिर जान्थे। गर्मी भएपछि त्यसरी नै उभोतिर फर्कन्थे। फुच्चे हुँदा मलाई मालचरी बनेर आकाशमा उड्न खुब रहर लाग्थ्यो। तर जब लहरबाट एकदुई वटा मालचरी छुटेर पछिपछि उडेको देख्थें, सोच्थें– ती छुट्ने मालचरी पनि मजस्तै साना होलान्। ठूला मालचरी फर्केर छुटेकालाई पनि लहरमा मिसाए हुन्थ्यो भनेर कामना गर्थें। तर अघि गइसकेका मालचरी फर्किन्थेनन्। म आफैंसँग मुर्मुरिन्थें– कस्ता मालचरी रैछन्, साना छोराछोरीलाई एक्लै छोडेर जाने?

ठूलो भए पनि मलाई बुवा मालचरीसँगै फर्किन्छन् कि भन्ने आश लाग्थ्यो भाइलाई जस्तै।

१२ वर्षमा त खोलो पनि फर्किन्छ भन्छन् तर हाम्रा बुवा फर्केनन्। सोच्दासोच्दै भावुक भएँ। आँखा रसाए।

‘हेर, छोरो मान्छे भएर नि रोको’उसले बिस्तारै हत्केलाले मेरा आँशु पुछिदिई। अनि मेरो छातीमा सुस्तरी आफ्नो टाउको राखेर पल्टिई।
***
‘तिमीलाई राम्ररी मोटरसाइकल चलाउन आउँदो रैनछ, खै लेऊ म चलाउँछु’, नारायणघाटको पुल कटेसी उसले भनी। 
‘थानकोटको ओह्रालोमा मैले ल्याएँ, मुग्लिन तलको धुलोमा मैले कुदाएँ। अब सम्म हाइवे आएसी चलाउन आउँदैन रे’ मोटरसाइकलमा ब्रेक लगाएर उसलाई आँखा तरें।

‘त्यत्तिकै मागे तिमी दिँदैनौ नि, केटी मान्छेले मोटरसाइकल चलाउन हुन्न भन्दिन्छौ,’ उसले हेलमेट लगाई र ऐना मिलाई।

‘यी यसरी चलाउनुपर्छ’, खाली अनि सिधा बाटोमा उसले एक्सिलेटर बटारी।

मेरो गाउँसम्म मोटरसाइकलमा जाने योजना उसकै थियो। एकदिन कोठामा आएर आमालाई साँची राखेर उसले मलाई गाउँ जाने कुरा सुनाई। आमाले पनि केही सोच्दी नसोची हुन्छ भनिदिइन्। ऊ कसरी आमाकी त्यति प्यारी बनी? मलाई अचम्म लाग्यो। 

‘त्यति टाढा सकिन्नँ मोटरसाइकलमा जान’, मैले नाइँ भनें।

‘मान्छे चन्द्रमामा पुगिसके तिमी गाउँ जान सकिन्न भन्छौं,’ उसले भनी, ‘हिम्मत गर हिम्मत। नभए हिम्मत कसरी जुटाउने मबाट सिक।’

‘ओई हिम्मतवाली, बिस्तारै चलाऊ,’ स्पीड इन्डिकेटर ७० कटेको देखेपछि मैले भनें, ‘नत्र अहिले फेरि यमराजका दूत आउलान्।’

‘तिमीलाई थाहा छ, मैले अहिले के सोचिरहेकी छु?’ उसले गेयर घटाई।

‘केही अन्टसन्ट सोची हौली, कतै रोकेर चुरोटसुरोट खाने’, मैले भनें, ‘राम्रो कुरा त तिम्रो दिमागमा कहिल्यै आउँदै आउँदैन।’

‘अन्टसन्ट होइन, यसरी नै तिमी र म विश्वयात्रामा निस्केको भए क्या मज्जा हुन्थ्यो होला है, कतै पहाड, कतै मरुभूमि अनि कतै समुद्री तट।’

‘केही मज्जा हुन्थेन। बाइकमा चढेर गएकाहरु लठ्ठी टेक्दै फर्कनुपर्थ्यो ’, मैले हाँस्दै भनें, ‘तिमी त झन कपाल फुलेकी कुप्री बुढी भइसक्थ्यौ।’

उसले एक्सिलेटर फेरि बेस्सरी बटारी।
***
अर्कोदिन ४ बजेतिर हामी गाउँ पुग्यौं। पश्चिमतिरको डाँडोमा डुब्न लागेको सूर्यले आधा गाउँ छाँया थियो आधा घाम। केही वर्षपहिले म यतिबेलै घर फर्कन्थें स्कुलबाट। खरले छाएको घरको छानोमाथि निस्केको धुँवा देखेपछि आमाले के खाजा पकाएकी होलिन् अनुमान लगाउँथें। राति पढ्न टुकी बाल्ने बत्ति बनाउँथे।

अहिले धेरै घरका छानामा टिनका पाता टलक्क टल्किए। छेउमा सोलारका प्यान देखिए। कर्णालीमा झोलुंगे पुल बनेको रैछ। नुन, तेल बोकेका गाडी गाउँको बजारसम्म आउँदा रैछन्। बुवाले पढाउने स्कुल बिएड क्याम्पस बनिसकेछ।

‘खै तिम्रो घर कुन हो?’ उसले सोधी।

हाम्रो घर भएको ठाउँ हेरें। त्यहाँ केही काठ र ढुंगामात्र थुप्रिएको थियो। १२ वर्षसम्म कोही नबसेपछि घर कसरी घर रहिरहन सक्थ्यो र। मैले उसलाई चोर औंलाले घर भएको ठाउँ देखाएँ। मोटरसाइकल त्यहीँ छोडेर हामी हिँड्यौं।

बुवा भन्थें– जिन्दगीमा साह्रै गाह्रो पर्यो, सरसल्लाह दिने मान्छे कोही भएन भने घरका जुवाभाटासँग सोध्नु, अनि जे राम्रो लाग्छ त्यही गर्नु।

एसएलसी पास भएपछि मैले कहाँ, के, कसरी पढ्ने निर्णय गर्न सकिनँ। पहिला पो बुवा थिए र सिरानीमा हाल्ने पैसा दिन्थे। बुवा नभएपछि घर खर्च चलाउन एक एक पैसाको हिसाब राख्नुपर्थ्यो। त्यसमाथि बेलाबेलामा माओवादीहरु अभियानमा लैजान्थे।

अर्को वर्ष मामाले आमा र भाइसहित काठमाडौं बोलाए। बुवालाई सम्झँदै तिनै जुवाभाटाको स्वीकृति लिएर मैले आमालाई भनें– म उतै पढ्छु, काम पनि गर्छु। जाऊँ आमा काठमान्डु।

मेरो निर्णयका साक्षी ती जुवाभाटा केही कुहिइसकेका थिए। केही धमिराले खाएर सक्न लागेको थियो।

नयाँ राज्यसत्ता जन्माउन हिँडेको साथीको घर हेरें। त्यसको छानो पनि झारपातले ढपक्कै थियो।

उसले काठ यतउता पल्टाई। एउटा लठ्ठी समाती। जमिनमा धर्का तानी। ‘यहाँनेर भान्छा, यहाँनेर गेष्टरुम, यहाँनेर पूजा कोठा अनि यहाँनेर हाम्रो बेडरुम बनाउनु पर्छ’, पुलुक्क मेरो अनुहारमा हेरी र थपी ‘यहाँनेरचाहिँ तुलसी रोप्नुपर्छ। बुझ्यौ, पक्की घर बनाउनुपर्छ कहिल्यै नभत्किने।’

‘हँ, के भन्या?’, म अलमलमा परें।

उसको मोबाइलको घन्टी बज्यो। ‘अँ बुवा म यहाँ आरामसँग पुगें’, उसले भनी, ‘अनि नि अर्को खुसीको कुरा पनि छ– मैलें तपाईँलाई ज्वाइँ खोजिसकें।’

उताबाट के भने मैले सुनिनँ।
‘अस्ति नै मसँग आको थियो नि, शिरिषकुमार सापकोटा। हो, ऊ नै हो तपाईँको ज्वाइँ। देख्नुभो तपाईँकी छोरी कति स्मार्ट छ, ख्यालख्यालमै ज्वाइँ पनि खोजी सकी।’

उसले फोन राखेर मलाई बाँया आँखा झिम्काई।

‘के नचाहिने कुरा गरेकी। बौलायौ कि क्या हो?’

‘छोरामान्छेले आफैं बुहारी खोज्दा चाहिने कुरा हुने छोरी मान्छेले आफैं ज्वाइँ खोज्दाचाहिँ नचाहिने कुरा कसरी हुन्छ, धर्मशास्त्रमा पनि वधुले वर आफैं छान्थिन नि, होइन?’

‘छान्थिन् तर यसरी मान्छेलाई सक हुने गरी सुटुक्क होइन’, मैले हाँस्दै भने, ‘सबैलाई पहिले नै थाहा हुन्थ्यो। सभा नै आयोजना गरिन्थ्यो।’

‘तिमीलाई थाहै छैन म कति स्मार्ट छु’, उसले लठ्ठी भुइँमा राखेर भनी, ‘मैले पनि यो सब तयारी गरेरै गरेकी हुँ। त्यो चिया पसलमा तिमीसँग बोलेदेखि, तिम्रो कोठामा गएको अनि बुवा आमालाई तिमीलाई देखाउन मेरो घर लगेको सबै कुरा मैले धेरै सोचेर योजना बनाएर गरेकी हुँ। मैले त अरु पनि योजना बनाएकी छु। सुन्छौ?’

मैले भनको संकेतमा टाउको हल्लाएँ।

‘अब हामी काठमाडौं नफर्किने,’ उसले आएर मेरो हात समाती।

‘हाम्रो जागिर, अनि मेरी आमा र भाइ?’

‘छोडदेऊ, त्यस्ता जागिर। यहाँनेर राम्रो पक्की घर बनाउने। घर बनेपछि आमा पनि फर्कनुहुन्छ। भाइ उता पढ्दै गर्छन्। तिमीले डिग्री गरेकै छौ, क्याम्पसमा पढाउन पाइहाल्छौ। म घर व्यवहार सम्हाल्छु।’

ऊ एकछिन रोकिई। केही सोचेजस्तो गरी। फेरि भनी– अनि केही वर्षपछि साँझपख जब तिमी क्याम्पसबाट घर फर्किन्छौं, आँगनमा खेलिरहेका हाम्रा छोराछोरी दौडिदै भान्छामा आएर भन्छन्–ममी, ऊ बाबा

मलिन डायरी 

उस्ले रुन्चे मुहार लगाउदै भनी ” तिम्रो लागि अर्कै केटि खोज मेरो कुनै भरोसा छैन ” उस्को यो कुराले कत्ती पनि अचम्मित भने भएको थिइन । थाहा थियो उस्ले मलाइ ती कुरा हरु किन गर्दै थिइ भनेर । उस्को आँखा बाट आँसु झर्नै आटेका थिए । उ त्यो शब्द पछि मलाई  हेर्न सकिन , अर्को तर्फ फर्केर आँसु पुछ्न थाली , म उस्को आँसु पुछ्न पनि समर्थ थिइन किनकी हामी भिडियो कलमा कुरा गर्दै थियौं ।
बिगत केही दिन देखि उस्को मन सान्त थिएन । मलाई भाइबरमा कल त गर्थि तर उ म संग खुलेर बोलेकी थिइन ,उस्को मन मा भएको कुरा बाहिर आउन सक्थेन , उ बोल्दा लाग्दथ्यो उस्ले सबै कुरा मन मा दबाएर थोरै कुरा मात्र गर्दै छे । उ निकै पीडा मा थिइ , उस्ले मलाइ आफ्नो समस्याको बारेमा समेत खोलेकी थिइन । म सोध्ने प्रयास गर्थे तर उस्ले अन्य कुरा गरेर टार्दिन्थी ।
हाम्रा दैनिक कुरा हरुमा प्राय झगडा हुन्थे । उ बोल्दा बोल्दै अफ हुन्थी ,कहिले अन भएर पनि जवाफ आउदैथ्यो ।

हामी दुबै जना परिवर्तन भएका थियौ। हाम्रा झगडाका कारण पनि अति सामान्य हुन्थे तर हामी मा त्यसको असर भयानक हुन्थे, म निदाउन समेत नसक्ने भएको थिएँ । उ निकै संकुचित भएकी थिइ  , उ त्यति रुखो व्यबहार गरिदिन्थि कि बेलाबेला मा लाग्दथ्यो उस्ले मलाई बुझ्नै छोडेकी छ ,यत्ती हुदा पनि उ म संग नबोली बस्न सक्दिन थि । म भाइबर र फेसबुक मा अफ भए पनि कल गर्थी मेरो नम्बर मा तर उस्का प्रत्येक कल हरु नबोलेरै सकिन्थे अर्थात उ मौन बसिदिन्थी । हामी भौगोलिक रुपमा टाढा भएको ६ महिना पनि भएको थिएन तर हामी एकअर्कालाई बुझ्नै छाडेका थियौ । उ उत्तिकै जिद्धी भएकी थिइ ।एक त नेपाल र अमेरिका को समय नमिल्ने अर्को कुरा संघर्ष गर्नु पर्ने  जिउन को लागि , सोचेजस्तो थिएन परदेश जस्को कारण हामी नियमित कुराकानी गर्न समेत पाँउदैन्थ्यौ। 

 उ सधै मलाइ सपोर्ट गर्थी , उ बाट मैले प्रेमिका मात्र होइन आमा को पनि माया पाएको थिएँ  । एउटा अभिभावकले जस्तै सिकाउथी ,मलाइ ढाडस दिन्थी , सम्झाउथी । मैले नराम्रो गरेको खण्डमा  गाली गरेजस्तो पनि गर्थी । त्यो समयमा मेरो लागि सबै भन्दा महत्वपुर्ण उ नै थिइ । म एउटा लक्ष्यहिन मान्छे लाई मेरो गन्तव्य देखाउने गुरु पनि उ नै थिइ । म एउटा हार खाएको मान्छे थिएँ , पटकपटक प्रयास गर्दा समेत इन्जिनियरिंग मा नाम निकाल्न सकेको थिइन । मेरो पढाईमा  ग्याप पनि टन्नै भै सकेको थियो । म फ्रस्टेसन को सिकार भै सकेको थिएँ । 

जब उ मेरो जीवनमा त्यतिबेला आएकी थिइ जति बेला म केही पनि थिइन । उस्को र मेरो भेट बानेश्वर मा भएको थियो । म आफ्नो धुनमा हिड्दै थिए ,  बिपरित दिशाबाट को आउदैछ जादैछ भन्ने कुनै ख्याल  नै थिएन , त्यसैबखत कुनै अपरिचित केटि संग ठोकिन  पुगेछु । उ सरि भन्दै फटाफट आफ्नो छरिएका पुस्तक उठाएर आफ्नो बाटो लागि , म भने एकैछिन रोकिएँ । मैले के सोचिरहेको थिए त्यो नै बिर्सेछु , अगाडि बढ्नै लाग्दा एउटा पेपर देखे ,  साथमा सानो कार्ड जस्तो अर्को कागज पनि थियो । परिक्षा प्रवेशपत्र र आइडेन्टी कार्ड रहेछ । अमृत साइन्स कलेज बि एस शि प्रथम बर्ष , निकेशा ढकाल साथमा सरल र साधारण देखिने केटिको तस्वीर जसबाट मैले आफुसंग केही बेर अघि ठोकिने केटि को परिचय पाँए  । एक्कसी मलाई त्यो कागजपत्र त्यो केटि समक्ष पुर्याउन पर्छ भन्ने लाग्यो  , निकै महत्त्वपूर्ण जस्तो थियो त्यो कागजात  , मलाइ काठमाडौं का सबैजसो ठाउँ थाहा थियो जस्को कारण मलाई त्यो कलेज पत्ता लगाउन कुनै कठिन भएन । सौभाग्य बश त्यो केटि पनि कलेज को गेटमा आफ्ना साथी हरुलाइ कुरि रहेको अवस्था मा भेटिइ । उस्को समीपमा पुगे   र उस्को कागजात उस्लाइ थमाइ दिएँ  , उस्लाइ थाहा समेत रहेनछ उस्को कागज खसेको । उस्को अनुहार का प्रत्येक भाब हरुले मलाई आभार व्यक्त गरि रहेका थिए । त्यो समय हामी अपरिचित थियौं तर पनि म उस्को भाब हरु बुझी रहेको थिए। उस्ले धन्यवाद व्यक्त गरि र नजिक को क्याफेमा कफि लागि निमन्त्रणा टक्र्याइ मैले पनि उस्को निमन्त्रणा लाई लत्याउन सकिन । हाम्रो पहिलो परिचय कफि को बाहाना मा भएको थियो । 

बानेश्वर शंखमुल रोड मा साझ को समयमा हिड्नुको मज्जा नै छुट्टै हुन्छ , भिडभाड का साथै ब्यापारीक चहलपहल हुने गर्दछ । म दैनिक साझपख त्यही बाटो हुँदै पार्कमा पुगेर फर्किन्थेँ  । मैले त्यो भिडमा फेरि उस्लाइ देखे  तर बोलाउने हिम्मत भएन  । तर उस्को नजिक भने गए , म पनि उस्को नजरमा परेछु । उस्ले सिधै मेरो नाम लिएर बोलाइ । सौभाग्यबश उस्को बसाइ पनि म बस्ने एरिया तिर नै रैछ , हामी कोठामा  संगै फर्कियौ। उस्लाइ म बस्ने घर चिनाए र हामी छुटियौँ । 

हाम्रो दैनिक भेट नजिक को पार्कमा  हुन थाल्यो । साझ को समय मा सधैंजसो उ  आउँथि । हामी केही नजिक भएका थियौं । उस्ले आफ्नो कलेज को बारेमा , आफ्ना साथिको बारेमा र पढाईको बारेमा कुरा गर्दथी , म भने प्राय फिल्म  र पुस्तक को बारेमा गर्दथे । हामी भेट हुन थालेको एक महिना पछि हामी एकअर्काको ब्यक्तिगत कुरा हरु पनि खोल्न थालेका थियौं । उस्को  घर पनि बुटवल नै रहेछ र मेरो पनि । हाम्रो कुराकानी केबल पार्क मात्र नभएर फेसबुक र फोनकल मा पनि हुन थालेको थियो ।  

बिस्तारै हामी हाम्रा समस्या एकाअर्कालाई सेयर गर्न थाल्यौं । उस्को उमेर म भन्दा कम भए पनि परिपक्वता उ मा धेरै थियो । उ आशावादी थिइ , उस्ले निरास भएर समस्या को हल नहुने कुरा मलाइ बारम्बार सम्झाउथीँ । मलाइ आधार दिन्थी , उपाए हरु बताउँथि अनि विभिन्न उदाहरण हरु दिएर मलाइ सम्झाउथी। बिस्तारै म उ प्रती आकर्षित भएको थिएँ । 

उ सरल थिइ । मुस्कान हमेशा उस्को मुहार मा हुन्थ्यो । रुपले पनि साथ दिएको थियो । उ साधारण कुर्ता सलवार मा पनि निकै सुन्दर  देखिन्थी । उस्को शारीरिक बनावट पनि निकै मिलेको थियो  । 

असारको महिना , झरी परेर रोकिन रोकिन आटेको थियो बाहिर मौसम हल्का चिसो थियो । साझ सुत्ने सुत्ने बेला हुदा मेरो फोन भाइब्रेट भयो । सधै झैँ उस्ले फोन गरेकी थिइ , त्यो दिन उस्को बोल्ने तरिका फरक थियो , हल्का डराए जस्तो ,लाज माने जस्तो । सन्चो बिसन्चो सोधेपछी  उस्ले  फोन काट्ने अनुमती मागी तर मलाइ किन  किन उस्ले भन्न चाहेको कुरा भन्न  नसकेको भान भयो र तुरुन्त उस्लाइ भने ” निकु तिम्ले आज केही भन्न खोज्दै थियौ तर भनिनौ नि ” उस्को मधुर आवाजमा प्रतिउत्तर आयो ” केही होइन सानो कुरा मात्र हो , के थाहा तिमी रिसाउछौ कि भनेर नभनेकी ” । मैले मौका पाएँ उस्को कुरा समाउने । ” म किन रिसाउने , तिम्ले सानो कुरा भन्या  होइन र ? केही रवाफपुर्ण जवाफ फर्काएँ । उस्ले आफ्नो कुरालाइ गलत नसम्झन आग्रह गर्दै भनी ” तिमी र म  निकै नजिक भै सकेका छौ , एकाअर्कालाई बुझ्छौँ पनि , के यो हाम्रो यो सम्बन्ध लाई अझ अर्को तरिकाले लैजान सक्दैनौं र ? ” मलाइ कता कता उस्को कुरो बुझे जस्तो पनि लाग्यो तर फेरि मैले सोधे ” यस्को मत्लब ? ” उस्ले तुरुन्तै जवाफ दिइ ” म तिमीलाई धोका दिदै छु ” म अचम्म मा परे । उस्ले आफ्नो कुरालाइ प्रष्ट पार्दै भनी ” तिम्ले मलाइ केबल साथिको रुपमा हेर्छौ होला तर मैले तिम्लै त्यो भन्दा माथी सोचेकि छु , अर्थात म हाम्रो यो सम्बन्ध लाई प्रेम मा बदल्न चाहान्छु ।  ” त्यो समय निकै खुसी लाग्यो किनकी उस्ले मेरो मन को कुरा भनेकि थिइ । उस्ले मेरो उत्तर को प्रतीक्षा गरेकी थिइ । मैले उस्लाइ प्रतिउत्तर मा भने ” म रिसाएको छैन अनि तिम्रो कुरा त्यति सानो पनि थिएन है ” । मैले सिधै तरिकाले प्रतिउत्तर दिन सकिन । मैले फेसबुक स्ट्याटस को साहारा लिएँ । ”  मेरो साघुरो जीवन लाई फराकिलो बनाएको मा धन्यवाद  ”  । 

मेरो त्यो स्ट्याटसमा सबभन्दा पहिलो लाइक उस्को नै थियो ।

 म उस्को साथमा हुदा मैले मेरा सबै पीडा भुलीसकेको थिएँ ।  म उस्को अगाडि सानो बच्चा जस्तै भै दिन्थे , उस्को काखमा सुतेर उ संग  कुरा गर्न मलाइ सबै भन्दा मन पर्थ्यो । उस्को साथ जहाँ जादा पनि छुट्टै रमाइलो हुन्थ्यो ,आभास हुन्थ्यो म संग मेरो सबथोक छ । जतिबेला म उस्को अंगालो मा हुन्थे तब मेरा दुख , पीडा हराए जस्तो भान हुन्थ्यो । उस्को चुम्बन मा एक किसिमको जादु थियो , उ प्राय म रिसाएको बेलामा मलाई चुम्बन गर्दथी ,उस्को त्यो क्रीयाकलापले  गर्दा मैले रिस पनि भुलिदिन्थेँ । 

इन्जिनियरिङ्ग मा पटक पटक नाम निकाल्न नसक्दा म लक्ष्यहिन जस्तै भएको थिएँ  । निकेसा मेरो जिवनमा आए देखि भविस्यमा केही गर्नु पर्छ भन्ने भावना पनि आएको थियो । कुनै कुनै बेला लाग्दथ्यो खाडी मुलुक तिर नै जाउ तर मन मान्थेन । ती केही आफन्तीहरु र छिमेकी  जो मेरो अवस्था मा खिल्ली उडाउने गर्थे मेरो असफलता मा हाँस्ने गर्दथे । उनिहरुलाइ केहि गरेर देखाउन मन थियो । मैले अमेरिकि बिश्व स्तरिय शैक्षिक प्रणालीको बारेमा सुनेको थिए , बेला बेलामा त्यहाँ जाने मान्छे हरु संगको भेटघाटको कारणले धेरथोर डकुमेन्ट को बारेमा  थाहा थियो र मन मनै अमेरिका जाने योजना बनाएको पनि थिए । यो कुरा निकेशा लाई पनि सुनाएँ  । उस्ले मेरो कुरालाई समर्थन समेत गरि , उस्ले मेरो धेरै काम सजिलो बनाई दिएकी थिइ । मेरो बैंक ,इन्सुरेन्स र अडिटको कागजात उस्ले नै तयार गरिदिएकी थिइ  । केही समय पछि मैले एउटा अमेरिकि क्याम्पस मा भर्ना भएर भिजा को लागि तयारी समेत गरेँ । दैब या भाग्यको खेल भनौं मेरो भिजा  लाग्यो । यो कुरा म उस्लाइ सबै भन्दा पहिला सुनाए , उस्ले मलाइ झम्टेर रुन थाली उ खुसी या दुखि भएर रोइ त्यो भन्ने मैले थाहा पाइन । दशै अगाडि भिजा लागेको भए  पनि म भने दशै मनाएर मात्र अमेरिका जाने निर्णय गरेको थिएँ। म संग समय त थियो तर एक्दम छिटो छिटो दिन बिते जस्तो लाग्दथ्यो किनकी निकेशा संगको बसाइ अवधि सिमित समयको थियो ।

हाम्रो अन्तिम समयको भेटमा हरुमा दुबै जना निकै भावुक हुन्थ्यौँ ।त्यो चंचलता जुन हामी बिचमा  थियो त्यो कता बिलिन भएको थियो हामीलाई कुनै पत्तो समेत भएन । उ प्राय बोल्दा उस्को आँखाबाट आँसु झर्दथ्यो , उ आफुलाइ सम्हाल्न खोज्थी तर सक्थिन । आफुलाइ रोक्न को लागि मेरो अंगालो को साहारा लिन खोज्थी तर झन रुने गर्थी । उस्को त्यस्तो अवस्था म पनि हेर्न त कहाँ सक्थे र तै पनि उस्को आँसु पुछ्थेँ  तर त्यतिबेला मेरो आँखा पनि भरिएर आउथ्यो  ।

म अमेरिका आएको पनि १० दिन बितेको थियो तर मेरो काम मा उस्कै आवाज गुन्जी रहेको थियो, आँखा मा  उस्कै अनुहार झलझली आइ रहेको थियो । सोच्थे उ क गर्दै होलि ।फेरि याद आउँछ त्यो बाचा हरु जुन हामी हिड्ने बेलामा  गरेका थियौं । 

मेरो फ्लाइट हुन मात्र ५ दिन थियो , उस्लाई सिद्धबाबा मन्दिरमा आउन आग्रह गरेँ  जुन बुटवल र पाल्पा को सिमवर्ती क्षेत्र मा रहेको प्रख्यात धार्मिक स्थल को रुपमा रहेको छ  । उ त्यो दिन भिन्नै  रुपमा थिइ , हरियो कुर्ता सलवारमा निकै राम्री देखिएकी थिइ ,उस्लाइ लिएर मन्दिर तर्फ लागेँ  । मन्दिरको दर्शन गरे पछि उस्लाइ मंगलसुत्र बाँधीदिए ,त्यसपश्चात  उस्ले मेरो खुट्टामा ढोग गरि र उस्ले अंगालो मारेर फेरि रुन थाली । म  मन्दिरलाइ साक्षी राखेर उस्लाइ आफ्नो श्रीमती को रुपमा देख्न चाहान्थेँ  र सोही अनुरुप त्यो दिन साइत जुराएको थियो । त्यो दिन देखि मैले पत्नीको दर्जा दिएको थिएँ र उस्ले आफ्नो कारणले आफ्नो परिवारलाई दुखी बनाउन चाहान्थिन जस्को कारणले त्यो कुरा गोप्य नै राख्यौं ।

मैले नेपाल छोडेदेखी मैले उस्लाइ कहिल्लै पनि खुसी देखिन । भिडियो कल गर्दा उ आफुलाइ सम्हाल्नै सक्थिन , बोल्दा बोल्दै उस्को गला अवरुद्ध हुन्थ्यो ,आखा आँसुले भरिन्थ्यो ।

सधै उस्ले मलाइ परिवर्तन नहुन आग्रह गर्दथी । म कसरी परिवर्तन हुन सक्थे र उस्लाइ भुल्ने त सवाल नै थिएन  किनकि जुन अवस्थामा मेरो केही थिएन मेरो साथमा उ थिइ । मेरो बिचार मा जो संग दु:खद पल हरु बिताइन्छ त्यसै संग नै खुसी र सुखद क्षण हरु बिताउनु पर्छ । त्यसैले उ मेरो निकै महत्त्वपूर्ण अंग जस्तै भएकी थिइ ।

एकदिन को कल मा उस्ले  फेरि रुदै भनि ” हाम्रो सम्बन्धलाई सायद  हाम्रो आफन्तहरुले सफल हुन  दिदैनन होला । हाम्रो सम्बन्ध को बारेमा  ठुलो बुबाको छोरालाइ थाहा भएछ  उहाँ मेरो दाइ समान हो तर उहाँ दुखी  हुनु हुन्छ हाम्रो सम्बन्ध देखि ।” उस्लाइ सम्झाउदै भन्न थाले ” हेर निकेशा अब हामि एउटा सम्बन्ध मा त बाधिइ सकेका छौँ ,डराउनु पर्ने अवस्था छैन  । बरु तिम्लाइ त्यहा बस्न गार्हो हुन्छ भने आउ म भएको ठाउँ मा म बन्दोबस्त मिलाउला ” 

उस्ले मेरो कुरालाइ कुन रुपमा लिइ मलाइ थाहा भएन । मैले उस्लाइ पटक पटक आफू भएको ठाउँमा आग्रह गर्दापनी उस्ले चासो देखाइन । मैले त्यो कुरा निकाल्दा उ अफलाइन भै दिन्थी पछि सोध्दा निदाएको बाहाना बनाउथी । उ साच्चि नै परिवर्तन भएकी थिइ । मेरो फेसबुक को पासवर्ड उस्लाइ थाहा थियो , त्यसमा कुनै केटि को साधारण म्यासेज देख्दा पनि उस्लाइ झगडा गर्ने बाहाना हुन्थ्यो ।  उ हराउथी २/३ दिन म संग कुनै कुरा गर्दैनथि । बेला बेला म पनि रिसाउथे उस्को त्यो व्यबहार देखेर जुनबेला उस्को हौसला र साथको आवश्यकता हुन्थ्यो त्यही बेला मा उ बोल्दिन थि जुन कारणले निकै दुखी बनाउथ्यो । म पनि बोल्दिनथे उ संग , फेस्बुक र भाइवर  र इमो सबै हटाइदिन्थे मोबाइल बाट । जब उस्ले मेरो नम्बर मा फोन गर्थी त्यतिबेला मात्र फेरि राख्थेँ । उस्लाइ कुनै कारण सोध्यो भने उ रुन थाल्थी तर उस्को मुख बाटक कुनै वाक्य आउथेन ।उ म्यासेज मा समेत भन्थिन। उस्ले मेरो बारेमा मात्र सोधपुछ गर्ने गर्थि तर आफ्नो बारेमा कहिल्यै केही बताइन ।

अमेरिका डौदधुपमा कतिखेर छ महिना बितेछ पत्तै भएन । काम र पढाईले गर्दा म पुरै ब्यस्त थिए। उस्लाइ देख्न मन लगेको थियो तर त्यतिबेला उस्ले म संग भिडियो कल कुरा गर्न समेत छोडेकी थिइ । केही भन्यो कि उ गायब भै हाल्थी  । एकदीन उसलाइ म्यासेज मा उस्को फोटो पठाउन आग्रह गरे तर उस्ले आफुसङ नया कुनै पनि फोटो नभएको बताइ । मैले त्यसैबखत खिच्न आग्रह गर्दा जुन जवाफ आयो त्यस्ले सच्ची नै मेरो मुटु छियाछिया  पारिदियो । उ साच्चि नै निर्दयी  भएकी थिइ त्यो समयमा ।

उ निकै कठोर भएकी थिइ उस्को कठोरपन को बावजुत उ सजिलै टाढा जान भने  सकेकी थिइन । मलाइ थाहा थियो म संग बोलि सकेपछि उ निकै रुने गर्दछी भनेर । किनकी उस्लाइ मैले निकै राम्रो संग बुझेको थिएं । मलाइ थाहा छ उ परिवर्तन भएकी होइन उस्लाइ बनाइएको हो तै पनि उस्ले मलाइ भन्न किन सक्दिन कि समस्या के हो भनेर । किन उस्ले मलाइ त्यो समस्या समाधान गर्न लायक ठान्दीन ।

लामो समय पछि कुरा भयो उ संग करिब २ महिनाको अन्तरालमा ” तिम्रो लागि अर्कै केटि खोज किनकी मेरो कुनै भर छैन पछि तिम्लाइ गार्हो हुन्छ , तिम्लाइ म गार्हो पार्न चाहान्न  ।” यो शब्द सकिन नपाउदै उस्को आँखा बाट आँसु खस्यो । उस्को मन हलुका जस्तो भान हुन्थ्यो । त्यतिबेला उ लामो समय पछि दिल खोलेर रोएकी जस्तो देखिन्थी ।म उ संग बोल्न चाहान्थे तर उ तुरुन्तै अफलाइ भै हालि त्यको  लगत्तै उस्को फेसबुक आइडी समेत डिएक्टिभ  भयो । उस्को फोन नम्बर मा  कल गरे त्यति बेला सम्म त्यो पनि अफ भै सकेको थियो । 
मलाइ लागेको थियो उ ५/६ दिन मा   फेरि बोल्न आउछे भनेर तर उ आइन । म प्रत्येक दिन उस्को फेसबुक ,भाइबर चेक गर्थे तर उ एकचोटी पनि आएकी थिइन । उस्लाइ सम्पर्क गर्ने कुनै माध्यम थिएन , अरु उसको परिवार साथि कसैलाई पनि चिनेको थिइन । मात्रा आशा थियो कि कुनै दिन उ उस्ले मलाई सम्पर्क गर्ने छ । उ कसरी मलाइ माया मार्न सक्छे होला । जस्ले मेरो अन्योल पुर्ण जीवन लाई गति दियो उसैले बिचमा मलाइ कसरी छोड्न सक्छ । उस्लाइ मैले मेरो पत्नी मानेको थिए । उस्लाइ पनि थाहा थियो कि म उस्लाइ कति माया गर्छु भन्ने कुरा ।

आज उ म  देखि टाढा भएको पनि ठ्याक्कै २ बर्ष भएछ । उस्को याद मा कति रोए कति कराए त्यो सायद म आफैले पनि अनुमान लगाउन सक्दिन । उस्लाइ पत्ता लागाउन धेरैलाई नेपालमा आग्रह गरे तर कसैले उस्को सानो खबर पनि भेट्टाउन सकेनन । उ म बाट टाढा गए पनि मेरो हरेक सपनी म उहीँ पुरानी मेरि निकेशा आउछी , मलाइ सधै सम्झाउछे , माया गर्छे  । जब आँखा खुल्छ तब  भक्कानो छोडेर रुन थाल्छु , म प्रत्यक बिहान अर्धपागल जस्तै हुन्छु अनि आफै सम्हालिन्छु,  काम मा जान्छु फर्किन्छु मेरो त्यो बाहेक अन्य साथीहरु संग भेटघाट समेत हुँदैन ।

कसैको जोडि बाटोमा देखियो भने  त्यही भावुक बनिदिन्छु ।उनी हरु सँग आफू र निकेशा लाई दाज्ने गर्दछु , उ अझै पनि मेरो मन मस्तिष्कमा उत्तिकै ताजा तस्वीर को रुपमा बसेकी छ ।


 

आज म नेपाल जाँदै छु । मनमा एक प्रकारको खुसी छाएको छ किनकी आफ्नो मातृभुमी जादै गर्दा को आनन्द छुट्टै हुदो रहेछ । अर्को हिसाबले खल्लो जस्तो पनि लागि रहेको छ  किनकी मेरि निकेशा मेरो साथमा छैन । उ कहाँ र कुन अवस्था मा छे भन्ने समेत थाहा छैन । उ परिवर्तन हुनु को कारण  पनि जान्नु छ मैले ।

हेर्दा हेर्दै नेपाल बसाई को २ महिना पनि सकियो । उस्को कतै पत्तो लागेन । मैले हार मानी सके अब मैले उस्लाइ सधै को लागि गुमाए भन्ने कुरा म ढुक्क भै सकेको छु । मेरो मन ले अझै पनि उस्लाइ भुल्न मान्दैन । जब उस्लाइ सम्झिन्छु मेरो मन अझै पनि उत्तिकै रुन्छ । थाहा छैन म यस्तै कहिले सम्म रहन्छु । अब म फेरि मेरो कर्मभुमी तर्फ जाँदै छु । थाहा छैन यो मेरो पागलपन अर्थात पागल प्रेम मेरो साथमा रहनेछ । तर आज बाट मेरो एउटा साथी भने  रहनेछैन त्यो हो । मेरो डायरी जस्मा मैले मेरा मलिनताका कथा लेखेको छु । आज सम्म ज भोगे जे गरे सबै यो डायरी भित्र बन्द रहनेछन  । अझै पनि आशा छ उ मेरो जिवनमा  फेरि आउछे , मेरो त्यो दिन फेरि आउँनेछ  , म  फेरि उस्को अगाडि बच्चा जस्तो गर्ने छु ।उस्को काखमा बसेर घण्टौ उ संगै कुरा गर्ने छु । उस्लाइ कहिल्लै पनि छोडेर टाढा जाने छैन , मलाइ यो पल को लागि फेरि अर्को जन्म लिन  पर्छ भने पनि म तयार छु ।।

…………………………………………………..

यो डायरीको अन्तिम पेज पढेर सक्दा सम्म आफुलाइ कयौं पटक सम्हाल्न सकिन । किन आयो मेरो आँखा मा आँसु मलाइ पनि थाहा भएन । यो दर्दनाक कथाले ज होस मेरो मान छोयो । प्रतीक क्याफे लैनचौर , झन्डै बेलुका को ४ बज्न आटेको रहेछ । भुवन दाजु अमेरिका बाट आउनु भएको थियो उहा अमेरिका उड्नु अघि मलाइ भेटन चाहानु भएको थियो त्यही चाहाना अनुसार उहाँ लाई लैनचौर भेटन बोलाएको थिए । भेटघाट गरेको केही समय मै दाजु आफ्नो साथिलाई  भेट्न नंयाबजार तर्फ जानू भयो । तर टेबल मा एउटा डायरी बिर्सेर जानू भएछ । हेदा आकर्षक देखिने त्यो डायरी जस्को बाहिरि कभर मा लेखिएको थियो मलिन डायरी । जुन भुवन दाजुको वास्तविक भोगाइ थियो । 

अर्कोदिन उहाको फ्लाइट को दिन थियो त्यो समय मा उहालाइ छोड्न एयरपोर्ट सम्म गए र  म संग छुटेको त्यो डायरी पनि जिम्मा लगाएँ  । तर  कुनै कुरा सोध्न भने  सकिन उहाको  प्रेमिका को बारेमा ,म उहाँ लाई फेरि पीडा दिन चाहान्थिन  । पहिला सधै रमाइलो गर्ने हास्ने बोल्ने भुवन दाइ यो पटक नेपाल आउदा पटक्कै खुसी देखिनु भएको थिएन। मेरो मन मा  धेरै कुरा खेल्न थाले । मैले बुझेको प्रेमको परिभाषा लाई दाइ को प्रेम कथा ले पुर्ण रुपमा परिवर्तन गरिदियो ।। 

मैले भुवन दाजु लाई सहयोग त गर्न सक्दिन तै पनि भगवान संग प्राथाना भने गर्न चाहान्छु । उहाँको जीवन फेरि हराभरा होस हासो फैलियोस , निकेशा दिदी हजुर जहाँ र जस्तो अवस्था मा  भए पनि भुवन दाइलाई एकपटक सम्पर्क गर्ने कोसिस गर्नु होला , उहाँ हजुरको लागि हरपल मरि रहनु भएको  छ , आफ्ना प्रत्येक खुशी लाई दागबत्ती दिई रहनु भएको छ । ।। 

लेखक  : केशवराज भन्डारी 

इमेल  : Keshabrajb0@Gmail.com

  Instagram : Rajkeshab991

टुटेर उठेको मान्छे म ।

बिर्सेको त छैन मैले तिमी जता भएपनि
तिम्रो मेरो पहिलो माया सम्झना मात्र भएपनी।”
एकाबिहानै मेरो मोबाइलमा यो गित बज्यो। जुन मैले रिङ्ग टोनको रुपमा राखेको थिएँ । पुसको महिना अझ त्यसमाथी काठ्मान्डौ को मौसम बिहान ७:३० नभइकन उठने बानी थिएन मेरो।। म हत्तपत्त कसैको पनि फोन उठाउँदिन थिएँ । तर त्यो दिन फोन मेरो सिरानी मै थियो उठाएँ । नयाँ नम्बर थियो ।
……………………………………………………………
” नमस्कार केशव राज जि ” आवाज कुनै केटि मान्छेको थियो ।। कता कता सुने जस्तो पनि थियो स्वर तर ठम्याउन भने सकिन।। मोना दिदी हुनु हुने रहेछ जापान बाट आएकी , मलाइ कुनै जानकारी नै थिएन दिदि आउने कुरा को । अनि मैले सोधे “के हो दिदि आउने बेला मा पनि थाहा नदिइकन आउने ?”, उत्तर आयो ” त्यस्तै काम परेर आएँ , तिमी म भएको ठाँउमा आउनु ल तिमीलाई कृष्ण दाइ ले समान पठाउनु भएको छ।।
……………………………………………………………..
सुन्धारा जानू पर्ने थियो ,मोना दिदी लाई भेट्न त्यसैले म चक्रपथ देखि सुन्धारा टेलिकम सम्म जाने टेम्पो चढेँ । करिश्मा होटलको रिसेप्सनमा सोधेँ “रुम नँ ४०१ कता होला ?” म्यानेजर ले जाने बाटो देखाइ दियो । ढोका खुलै रहेछ भित्र पसेँ र ठट्यौली पाराले भनी दिएँ “पाउना आए है को हुनु हुन्छ??” दिदी कपडा मिलाउदै हुनु हुने रहेछ । मलाइ देखेर निकै  खुसी हुँदै बस्न आग्रह गर्नु भयो  म पनि बसिदिएँ  नजिकै को कुर्सीमा ।। सुरुमा  दिदिले मैले लेखेको “एउटा नसुनिएको प्रेम कथा ” राम्रो लागेको कुरा बताउनु भयो मलाइ अचम्म लाग्यो बुटवलको बासिन्दा अझै त्यसै माथी जापान बाट फर्किनु भएको उहाँलाई सायद गाउँले परिवेशमा लेखिएको कथा मन पर्दैन होला भन्ने लाग्दथ्यो मलाइ ।  उहाँले कथालाइ धेरै पटक पढेको पनि बताउनु भयो। अखिर कसरी मन पर्यो त म अलमल मा परे । आफ्नो प्रेम कथा निकै राम्रो तरिकाले लेखेका रहेछौ भन्दै जिस्काउन थाल्नु भयो अनि मैले पनि त्यो कथा मेरो जीवन संग सम्बन्धित नभइकन अरु को भएको पनि स्पष्ट पारेँ ।
“मेरो पनि एउटा प्रेम कथा छ लेख्छौ ” मलाइ लाग्यो दिदीले मलाइ जिस्काउदै हुनु हुन्छ ! तर होइन रहेछ उहाँ  साच्चै नै भन्दै हुनु हुन्थ्यो ।
…………………………………………………………
मैले  गुल्मीबाट एसएलसि दिएपछि हाम्रो परिवार बुटवल बसाइ सरेको थियो हामी बुटवल को मणिग्राम मा बस्दथ्यौँ । गर्मीको समय मलाइ निकै असहज महसुस भइरहेको थियो त्यहाँको बसाई किनकी मेरो पुरानो गाउँको भन्दा निकै फरक थियो यहाको हावापानी । कतै घुम्न जाउ चिनेको मान्छे थिएन फेरि केटि मान्छे एक्लै हिडन पनि नहुने , गाउँले परिवेश र रहनसहन मा हुर्केको भएर होला म साना साना कुरालाइ पनि ध्यान दिन्थेँ  । ठुला बडाको सम्मान अनि सेवा गर्न पाउँदा निकै आनन्द लाग्दथ्यो। आमा पनि निकै प्रशंसा गर्नु हुन्थ्यो । म आमा बुबाकी जेठी छोरी थिए । म भन्दा सानी बहिनी जेनिशा र भाइ किरन थिए। तर आमा र बुबाले सबै भन्दा माया मलाइ नै गर्नु हुन्थ्यो ।
…………………………………………………………..
हाम्रो एसएलसी परिक्षाको रिजल्ट आइ सकेको थिएन । गाउँमा जस्तो काम गर्नु नपर्ने भएकोले पनि मेरो दिनभर सुत्ने र टिभि हेर्ने बाहेक अरु काम थिएन तर बेलुका मा भने बहिनीसंग घुम्न निस्कन्थेँ बाटोमा । मेरो जो पायो त्यो संग झ्याप्प बोल्ने बानी पनि थिएन त्यसैले मेरा धेरै साथी पनि थिएनन । प्राय दुइजना मात्र हुन्थ्यौँ ।
……………………………………………………………
हल्का रातो कपाल, गोरो बर्ण , कानमा कालो टप , भर्खर आउन लागेको दारी र जुँगा  झट्ट हेर्दा कुनै म्युजिक भिडियो मा अभिनय गर्ने मोडल जस्तो देखिने केटो मेरो नजरमा पर्यो ,   उसको हिडाइ संगै उसले लगाएको परफ्युम को बासनाले वरिपरिको बाताबरणलाई नै मनमोहक बनाइ दिएको थियो।। मलाइ उ मन पर्यो पहिलो नजरमा नै तर उसले मलाइ देख्यो कि देखेन त्यो भने थाहा भएन । उसको हिडाइ र लवाइ अन्यको भन्दा भिन्न र आकषर्ण नै थियो , मनिग्रामको चौतारीमा केही समय उसलाई हेरेर टोलाइ रहेँ । पछी पो झसङ्ग भए “दिदि घर जाने होइन र रात परिसक्यो ” बहिनी को यो आवाज बाट , मैले उसलाइ पहिलो पटक सदा झै घुम्न जादा देखेकि थिएँ  र मन पनि पराएको थिए । मलाइ थाहा थिएन म उसको लागि लायक छु कि छैन भनेर।
………………………………………………………….
अष्ट्रेलियाबाट भर्खरै आएको रे नाम चाहि दिपक शर्मा , घरको एक्लो छोरो , सम्पन्न परिवारमा हुर्केको हाम्रो घरमा भाडामा बस्ने अन्टिले कसैको बारेमा कुरा गर्दै हुनु हुन्थ्यो । मलाइ आन्टीको कुरामा कौतुहलता जागेर आयो अनि सोधेँ “आन्टी तपाईले कस्को बारेमा कुरा गर्नु भएको ?” आन्टिले हाम्रो घर भन्दा केही दुरिमा रहेको घर को बार्दलीमा देखाउदै भन्नू भयो “उसको बारेमा कुरा गरेको जमुना ?” जुन मैले अस्ती देखेको केटा थियो । मलाइ निकै खुसीको महसुस भयो किनकि उ हाम्रो घर नजिकै को थियो अनि अर्को खुशिको कुरा मैले उसको नाम थाहा पाएकी थिएँ ।
……………………………………………………………..
“घरमा को हुनु हुन्छ ? ” आवाज कुनै केटा मान्छेको थियो । म घरमा एक्लै थिएँ  त्यसैले मैले नै ढोका खोलेँ । मेरो मन अचानक नै डरायो , निकै असहज महसुस हुन लाग्यो यो सबको एकमात्र कारण थियो दिपक को उपस्थिति ।  उसले मलाइ सुरुमा नै तपाइ भनेर सम्बोधन गर्यो । ” सुन्नुस न म घरमा एक्लै छु मलाइ बाहिर जाने काम छ त्यसैले मेरो घरको चाबी तपाइँले राखी दिनुस न ” आहा ! कति नम्र बोली उसको मानौं  उसले आफ्नो बोलिको प्रभावले जो कोहिलाई पनि सजिलै प्रभाव पार्न सक्छ।।
उसले मलाई उसको घरको चाबी दिएपछि म ढोका बन्द गरे । मन निकै खुसी थियो तर केही क्षणमै खल्लो महसुस भयो किनकी त्यो दिन मैले सामान्य मेकअप पनि गरेकी थिइन र मेरो कपडा लवाइ पनि नमिले को , के सोच्यो होला उसले ?
……………………………………………………………
“मोना उठ छिटो पिकनिक जान ढिला भै सक्यो” ममिको आबाज बाट म झसङ्ग भए । बिहानको पाँच बजेको थियो । म अलमल्ल मा परे पछि गएर पो थाहा भयो कि हाम्रो टोल वरिपरिका सबै जना बनबाटिका  पिकनिक जाने भन्ने ।। नया बर्षको अवसरमा टोल ब्यब्स्थापन समितीले आयोजना गर्दै थियो ।। हामी बनबाटिका पुग्दा झन्डै ६ बजिसकेको थियो।। सबै जना निकै खुसी देखिन्थे र सबै ब्यस्त पनि पकाउने  जिम्मेवारी पाएका हरु पकाउदै थिए भने कोहि नाचगान तर्फ ब्यस्त थिए।। म एक्लै थिएँ  त्यसैले नजिकको पोखरीमा गएर त्यहाँको कन्चन पानीलाइ नियाली रहेकी थिएँ । त्यसै बखत मा मेरो पछाडि तर्फ बाट कोहि आए जस्तो भान भयो फर्केर हेरेँ  , मेरो मन एकै छिनमा चङ्गा जस्तो भै दियो । मन भित्र  हर्षले बुर्कुसी मर्दै मनपरि गर्न  थाल्यो। यो सबको एकमात्र कारण थियो  दिपक शर्मा । कालो कलरको लेदर ज्याकेट अनि खैरो जिन्स पाइन्ट र ब्रान्डेड जुत्ता , अनुहार मा हल्का मुस्कान निकै आकर्षक देखिएको थियो।। “हेल्लो मोना सन्चै ?”उसको मुखबाट पहिलो शब्द निस्कियो जब उ मेरो नजिक आइ पुग्यो । आफुलाइ मिल्ने साथी नपाएको बतायो।। म पनि एक्लै भएर बसेको बताएँ । यस्तै यस्तै हामी बिच निकै लामो कुराकानी भयो। त्यो समय मलाइ निकै प्यारो लागि रहेको थियो। त्यो कुराकानी कहिल्यै नटुङियोस जस्तो लागि रहेको थियो तर एकै छिनमा खाजा खाने समय भएकोले हामी दुबै जना अरु भए तिर लाग्यौं । निकै रमाइलो भयो त्यो दिन किनकी मैले मन पराएको मान्छे म सङै थियो , हामी संगै बसेर पिकनिक खाएका थियौं अनि नाचगान पनि ।
……………………………………………………………..
“मोना तिमी कती राम्री भाको क्या ! उसले मलाई जिस्काउदै भन्यो । मैले पनि ठट्यौली पारामा भनी दिएँ । “सायद हिरो को संगत अनि त्यसैको प्रभाबले होला नि !” एस्तै एस्तै कुरा गर्दै हामी होराइजन चोक हुँदै हाम्रो घर तर्फ जाँदै थियौं , हामी पिकनिक गए देखि अलि नजिक भएका थियौ । प्राय उ बाहिर जादा मलाइ सङै जान आग्रह गर्दथ्यो म पनि गइदिन्थेँ  उसंगै , काम नभएपनि घरमा वाहाना बनाएर । म त्यो एकमहिनाको अन्तराल मा उसको दिवानी नै भै सकेकी थिएँ , हरपल उसलाइ नै देख्न मन लाग्दथ्यो र उसंग बोल्न अनि हास्न मन लाग्थ्यो । उसले भनेका प्रत्येक कुरा अनि उसले गरेका क्रियाकलाप मलाइ प्यारो लाग्थ्यो म उसको फ्यान नै भै सकेकी थिएँ ।
बेला बेलामा म झसङ्ग हुन्थेँ । कि उसले मलाइ माया गर्छ होला कि नाइ अनि फेरि मनलाइ सान्त्वना दिदै सोच्थेँ माया नगर्ने भए त्यति नजिक कहाँ हुन्थ्यो होला र ?
……………………………………………………………..
आइ लभ यु मोना ” म अक्क न बक्क भएँ  । मोना म तिमीलाई माया गर्छु भनेको बुझिनौ र फेरि उसले दोहोर्‍याउदै भन्यो । म बल्ल होस मा आएँ । सुनसान बाताबरण अनि हिलपार्क को चौतारीमा गर्मी मौसम थियो , तर त्यो शब्दले मेरो मन लाई सिरिङ्ग बनायो र कुनै चिसो तरङ्ग मेरो मुटु हुँदै दिमाग मा गयो । मेरो मन कता कता तर डरायो तर तुरुन्तै खुसी छाइ दियो । म त्यसको कुनै प्रतिउत्तर दिन सकिन अर्थात असमर्थ भएँ ।  केही नबोली त्यहाँ बाट हिडिदिएँ घर तिर चौराहा आइपुग्दा पो सम्झिए दिपक लाई त एक्लै हिलपार्क छोडेर आएछु भन्ने । म घरमा पुगे अनि केही नबोली आफ्नो कोठा मा बन्द भै दिएँ । म मेरो त्यो खुसीलाई मेरो खुसीलाई पनि त्यही कोठामा बन्द गरेर बसेँ । मलाई त्यो पल अती प्यारो लागेको थियो मलाई मेरो त्यो खुसी सबै संग बाड्न मन लागेको थियो तर म डराएकी थिए मेरो त्यो खुसीलाई कसैले आँखा लगाइ दियो भने ।।
लगभग बेलुका को नौ बजेको थियो मेरो मोबाइलमा एउटा म्यासेज आयो । “सरि मोना सायद मैले तिमिलाइ प्रपोज नगर्नु पर्ने थियो मैले तिम्रो फिलिङस नै नबुझी त्यसो गरेँ ।” त्यो म्यासेज दिपकको थियो । म हत्तपत्त त्यो म्यासेजको रिप्लाइ दिए “त्यस्तो केही हैन दिपक म पनि तिमीलाई औधी माया गर्छु तर मलाइ हिलपार्क मा के भयो थाहा नै भएन त्यसको लागि सरि “
…………………………………………………………….
हामी सधै जसो घुम्न जान्थ्यौँ अनि घन्टौं सम्म कुरा हुन्थ्यो हामी बिचमा । म उसको अङालो मा बाधिन पाउँदा निकै सुरक्षित र न्यानो महसुस गर्थें । उसको साथ छोडन मन लाग्थेन जता जादा पनि म प्राय उसको हात समातेर हिड्ने गर्थे । उ नै मेरो लागि सबै भन्दा अमुल्य भै सकेको थियो । उसको प्रभाब मा मा परिसकेको थियो । गाउँमा पढेकोले मेरो अङ्ग्रेजी बोल्ने बानी थिएन तर उसको संगतले मेरो बोली मा छिट्पुट मिसिन जान्थ्यो।।
…………………………………………………………….
” सरि मोना ” उसले मलिन मुहार लगाउदै भन्यो । म अक्कमक्क परे । उसले स्पष्ट पार्दै भन्यो “म अब तीन दिन पछि अस्ट्रेलिया फर्कदै छु ”  म एकछिन त केही सोच्न पनि सकिन तर एकै छिन पछि त्यो सब्दले मेरो मुटुमा कुनै धारिलो हतियार ले प्रहार गरे जस्तो महसुस भयो।। रुन मन लाग्यो तर आँसु भने निस्किन सकेन मेरो आँखा ले पनि उसलाइ म कम्जोर भएको देखाउन मानेको थिएन तर मेरो मन भक्कानो छोडेर रुदै थियो।।। उसले मलाई अङ्गालो मार्दै भन्यो ” मोन तिमिलाई पनि लैजान मिल्ने भए सङै लैजान्थेँ । उसले मेरो निधार मा किस गर्यो अनि फेरि अङालो मार्यो तर भने मलाइ कुनै महसुस नै नभए जस्तो भएको थियो।। म त्यसबखत उसको कोठामा थिएँ  , घरमा हामि दुई जनामात्र सबै जना दिपकको अस्ट्रेलिया जाने तयारीमा जुटेको र त्यो दिन सपिङ गर्न मिलन चोक जानू भएको रहेछ ।
उसले मलाई आफ्नो अङालो मा कसेर बाँधि रहेको थियो । उसले पुन आफ्नो ओठलाइ मेरो निधार ,गाला हुँदै ओठ सम्म झार्यो अनि निकै बेर सम्म मलाइ चुम्बन गरि रह्यो । म त्यसको कुनै प्रतिक्रिया नै दिएकी थिइन ।।
…………………………………………………………….
मेरो मन निकै खाली जस्तो भएको थियो ।। मलाइ प्रत्येक पल केही कुरा हराएको जस्तो र अमुल्य बस्तु गुमाए जस्तो महसुस भै रहेको थियो । यो सबको कारण थियो दिपक , किनकी उ अस्ट्रेलिया गइ सकेको थियो । अब देखि म उसलाई देख्न सक्थिन उसको समीप हुन र अङालोमा बाधिन सक्थिन किनकी भौगोलिक दुरि हामी बिचमा बाधक बनी सकेको थियो । उ नेपालबाट अस्ट्रेलिया गएको झन्डै १ महिना बितिसकेको थियो तर मैले उसको कुनै खबर सम्म पनि पाउन सकेकी थिइन ।। म नियमित उसको फेसबुक चेक गर्थे तर उसले केही पनि अपडेट गरेको थिएन।

……………………………………………………………..
म निकै निराश भै सकेकी थिएँ । उसले आखिर मलाइ कसरी बिर्सन सक्छ होला । मेरो मनमा निकै नकारात्मक कुरा हरु खेल्न थालेका थिए। समाजमाका धेरै प्रेम सम्बन्ध हरु युरोप ,अस्ट्रेलिया र जापान गएपछी छुटेको मैले नदेखेको पनि होइन तर मेरो मन ले स्विकार्न सक्थेन कि उसले मलाइ माया मार्न सक्छ भनेर ।। उ गइ सकेको पनि ६ महिना बितिसकेको थियो । उसको कुनै अत्तो पत्तो थिएन ।
म दिपक को घर हुँदै फर्कदै थिएँ । “आज दिपक बाबु आउने रे ।” यो शब्द मेरो कानमा पर्यो अनि एक्कासी खुसी भै दिएँ । एक्कासी मलाई रिंगटा लागे जस्तो भयो त्यसपछि मलाइ के भयो केही नि थाहा भएन । मेरो होस खुल्दा मेडिकेयर हस्पिटल को बेड न १४३ मा थिएँ । मेरो मम्मी मेरो बेडको नजिकै हुनु हुने रहिछ र मेरी बहिनि जेनिशा रुन्चे मुख लगाउदै बेडमा नै रहिछ । म बिस्तारै चारै तिर आँखा डुलाउदै थिएँ  , मेरो नजर ढोका नीर पुग्दा रोकियो ।। दिपक पनि आएको रहेछ हस्पिटलमा उ सिधै आउदा आउदै कपडा पनि चेन्ज नगरी आए जस्तो देखिन्थ्यो  । त्यो देख्दा मलाइ निकै खुसी लाग्यो।। डाक्टर ले गर्मीको कारणले एस्तो भएको र अलि पानी पिउने सल्लाह दियो ।
…………………………………………………………….
म कुनै पनि कारण सोध्न सकिन  किन मलाइ सम्पर्क नगरेको भनेर ।। उ आएको ४/५ दिन सम्म न त उ मलाइ भेट्न आएको थियो न त म नै। दशै नजिकिदो थियो ।। बाबा पनि इन्डिया बाट फर्किनु भएको थियो र घरमा टोल वरिपरिका मान्छे हरु आउने गर्थे । उहाँ हरु गफ गर्ने तास खेल्ने गर्नु हुन्थ्यो । एकदीन दिपक पनि हाम्रो घरमा आएको थियो तास खेल्ने बाहाना मा। म संग केही समय उसले कुरा गर्यो अनि आफ्नो मोबाइलमा आफ्ना केही तस्बिर पनि देखायो।। मैले उसको मोबाइल केही समय को लागि आफू सङै राखेँ ।  उ तास खेल्नमा ब्यस्त थियो त्यसै बखत मा उसको मोबाइल मा फोन आयो स्नेहा भनेर सेभ गरिएको रहेछ। फोन मैले उठाएँ  ” हजुर को होला दिपक छैनन ? ” कुनै केटिको आवाज थियो। मैले त्यसको प्रतीउत्तरमा ” म दिपक को बहिनी हो भनेर  भनीदिएँ केही समय उसलाइ निधिखुदी पारे अन्तिममा उसले आफू दिपकको प्रेमिका भएको कुरा बताइ । मेरो मन निकै दुखि भयो अनि मनमनै अठोट गरेँ कि सायद गल्ती मेरै थियो उसलाई मैले माया दिन सकिन होला।।
उ सधै मलाइ माया गरेको नाटक गर्दथ्यो । गिफ्ट दिन्थ्यो अनि घुम्न पनि लैजान्थ्यो तर मलाई त्यसमा कुनै सन्तुष्टि थिएन।। एकदिन उसले रिसाउदै सोध्यो मोना तिम्लाइ आखिर के भएको छ न त म संग राम्रो संग बोल्छेउ न त पहिले जस्तो व्यबहार छ । मलाइ उसले पहिलो पटक प्रश्न गरेको थियो र मैले पनि उत्तर दिने मौका त्यसै बखत मा भनिदिए सबै कुरा जुन मेरो मन मा बोझ जस्तै बनेर बसेको थियो ।।
उसले मलाइ भ्रममा नपर्न आग्रह गर्यो। र स्नेहा आफ्नो साथी मात्र रहेको र उसको मजाक गर्ने बानी भएको कुरा भन्यो। मैले पत्याएँ  उसको कुरा ।। मैले उसलाई केही भनीदिदा रोइ दिन्थ्यो ।। उ मलाइ पहिले भन्दा बढी माया गर्न थालेको थियो।।
……………………………………………………………..
“छैन मेरो संसार छैन तिमी मेरो भइनौ भने ” उसको फेसबुकको स्ट्याटसमा मेरो एकाबिहानै मेरो नजर पर्यो ।। कहिल्यै पनि नेपालीमा केही नलेख्ने दिपकले त्यो दिन केही लेखेको थियो केबल मेरो लागि निकै प्यारो लाग्यो त्यो शब्द अनि स्क्रिन शर्ट गरेर मेरो मोबाइल मा सेभ गरे तर त्यो स्ट्याटसमा लाइक वा कमेन्ट गर्न भने सकिन ।।। उ अस्ट्रेलिया बाट फर्के पछि निकै ख्याल गर्न थालेको थियो।। मलाई मन पर्ने कपडाहरुलाइ प्रथामिकता का साथ लगाउने गर्दथ्यो। “मोना अब म अस्ट्रेलियाबाट फर्के लगत्तै बिहे गर्ने है ” उस्ले एकदिन भन्यो मैले पनि हुन्छ भनीदिएँ । उसको त्यो भनाइ ले मलाई निकै प्रफुल्लित बनाइदियो।
अनि कल्पना गर्न थालेँ उसको बेहुलीको रुपमा । उसको नाम संग मेरो नाम जोड्न मन लाग्यो     दिपक +मोना ।। उसले आफ्ना मनका सबै भावना हरु पोख्द्थ्यो। आफुले उठे देखि सुत्दा सम्म गरेका सबै क्रियाकलाप मलाइ सुनाउथ्यो।। उसले आफ्नो मोबाइल को वालपेपरमा मेरो फोटो राखेको थियो।। एकदिन मैले वालपेपरमा किन मेरो  फोटो राखेको भनेर भनेर सोधेँ उसले त्यस्को प्रतिउत्तर भन्यो “मोना म तिमीलाई सधै हेर्न अनि देख्न चाहान्छु त्यसैले।। उसलाइ एकदिन “मैले भनिदिएँ दिपक यदि म तिम्रो भइन भने ??” मेरो वाक्य पूरा हुन नपाउदै उसले मेरो मुखमा हातले छेक्दै भन्यो ” प्लिज मोना यस्तो कुरा नगर मैले त्यो अवस्था नै आउन दिने छैन। उसको यहि भनाइले म सधै ढुक्क हुन्थे कि उ म देखि कहिल्लै टाढा हुने छैन।।
…………………………………………………………..
उ फेरि अस्ट्रेलिया फर्कीसकेको थियो तर मलाई भने कुनै दुख लागेको थिएन किनकि मलाइ त्यो सुखद दिनको प्रखाइ थियो जुन दिन उ आउने छ र मलाइ सधैको लागि आफ्नो बनाउने छ। र म पनि सदाको लागि उसकी हुनेछु।। जब हामी बिबाह बन्धनमा बाधिए पछि पूरा हुनेवाला थियो।।
…………………………………………………………..
उ फर्केको पनि १५ भएको थियो तर उसको कुनै खबर थिएन । सायद उ बाध्य थियो होला या उसलाइ समय नमिलेको को हुन सक्छ यस्तै यस्तै कुरा सोच्दै चित्त बुझाउथेँ  मैले ।। उ फर्केको सोर्हौँ दिनमा मात्र फोन आयो ” मोना सरि है म आए पछि युनिभर्सिटी को लागि इन्ट्रान्स दिन परेको ले तिमीलाई कल गर्न सकिन।।” उसको पहिलो वाक्य थियो। मैले पनि प्रतिउत्तर मा भनेँ “मलाइ तिम्रो पुर्ण बिश्वास छ मेरो राजा अनि तिमिले मलाइ माफि माग्नु पर्दैन । ” यस्तै यस्तै कुरा हरु भए लामो समय सम्म ,उसले फोन कट गर्दा सम्म मेरो आँखा बाट आँसु आएको रहेछ मलाइ त्यसको भान नै थिएन जब आँखा बाट खस्यो अनि बल्ल देखेँ । अनि आफै लाई भने “धत मोना त किन रोएकी उ तँ बाट दुरिले टाढा भएनी मन को धेरै नजिक छ।।””
…………………………………………………………….
उ फेरि हरायो । उसले अस्ट्रेलिया गए पछि मलाइ एकपटक मात्र फोन गरेको थियो । निकै न्यास्रो लागि रहेको थियो त्यो समय दिन कटाउन निकै गार्हो भइ रहेको थियो । उसका याद हरुमा दिन कटाउदै थिएँ  । ……………………………………………………….
” मलाइ बिर्सिदिउ मोना ” मलाइ लाग्यो म कुनै सपना मा छु जस्तो लाग्यो तर त्यो बिपना नै थियो।। उसले मलाइ फोन गरेको ६ महिना पछि उसले मलाइ कल गरेको थियो।। मैले उ वाट त्यस्तो खालको अपेक्षा गरेकी थिइन । केही समय त मैले बिश्वास पनि गर्न सकिन । उ संग मैले कुनै प्रतिपाद समेत गर्न सकिन । अनि कट गरिदिएँ उसको कल। आखिर किन भन्यो उसले मलाइ बिर्सिदेउ भनेर बारम्बार मेरो मन म त्यही कुरा खेलि रह्यो । मेरो मन धेरै नै आतंकित भएको थियो। म बाट कुनै ठूलो गल्ती भएको जस्तो लाग्यो । उसलाई फेरि सोध्न मन लाग्यो किन  उसले मलाइ बिर्सन भन्यो भनेर । फोन गर्ने आँट आएन फेसबुक मा म्यासेज गरेँ , कारण सोधेँ “यदि बिर्सन नै थियो किन माया गर्यौ” । उ पनि अनलाइन रहेछ तुरुन्तै रिप्लाइ दियो।। ” तिम्रो र मेरो बिहे अर्थात अब देखि सम्बन्ध सम्भब छैन बिर्सिदेउ मलाइ “ म उ संग निकै बेर त्यसको कारण सोध्ने प्रयास गरेँ तर उसले कुनै उत्तर दिन तयार भएन । कुरा लाई अन्तै मात्र मोडि रह्यो । अन्तिममा उसले एउटा म्यासेज छोड्यो । “मेरो र तिम्रो संबंध केबल बिगत मा मात्र सिमित होस यदि कसैलाई भनेमा नराम्रो समेत हुनेछ।। उ बाट मैले जुन कुरा सपना मा पनि आशा गरेको थिइन त्यो व्यबहार त्यो दिन उसले मलाइ गरेको थियो उसले भनेका ती शब्दहरु आफ्नो दुश्मनलाई समेत भन्न लायक थिएनन् ,यदि उसले मलाइ कुनै समय पनि प्रेम गरेको हुन्थ्यो भने सायद उसले मेरो भावना को केही रुपमा भए पनि ख्याल गर्थ्यो होला।।
उसको म्यासेजले मलाइ पुर्ण रुपमा नै सिथिल पारेको थियो , मेरो आँखा बाट आँसु आउन समेत सकेका थिएनन , सायद म त्यति धेरै बिचलित भएको त्यो पहिलो पटक थियो । धेरै दिन सम्म खाना पनि खाएकी थिइन , कोठा को कुना मा राखिएको दराज को ऎना मा हेर्थे अनि अनि झस्लङ उसको याद आउथ्यो अनि रुन पुग्थेँ आफुलाइ सम्हाल्न सक्थिन । ओछ्यानमा पल्टिन्थेँ अनि सिरानि साथी बनिदिन्थ्यो मेरो पिडाको । सिरानी पुरै भिज्थ्यो जब म रुन्थे । मेरो आँखामा आँसु सकिसकेका हुन्थे तै पनि मेरो मन रुन छोड्थेन । मेरो ममि बुबा दुबै जना इन्डिया जानू भएको थियो त्यो समय मा मेरो बहिनी , भाइ र म मात्रै घर मा थियौँ । म त पुर्ण  रुपमा पागल नै भै सकेकी थिएँ । एक महिना बितिसकेको रहेछ म घर बाट बाहिर ननिस्केको । सधै मेरि बहिनी जेनिशा ले मलाइ खाना खान निकै कर गर्थी तर मलाइ मन लाग्थेन तर जबर जस्ती २/३ गाँस मेरो मुखमा राखी दिन्थी उसले मलाइ केही कारण सम्म पनि सोधेकी थिइन मैले पनि भनेको थिइन । उ सधै आफै तयार भएर स्कुल जान्थी अनि भाइ किरणलाइ पनि हेरचाह गर्दथी । एक्दिन जेनिशा ले खाजा  बनाएकी रहिछ आलु परौठा र आलुमटरको तरकारी जुन मेरो मन पर्ने परिकार थियो ।।उसले निकै उत्साह को साथ मेरो सामु लियर आइ तर मैले अस्विकार गरिदिएँ खानको लागि किन किन मलाइ मन परेन त्यो समय मा जुन मलाइ पहिले सबै भन्दा मन पर्ने गर्दथ्यो । उसले कर गरि धेरै पटक मलाइ निकै रिश उठ्यो अनि फ्याकिदिए ढोका तिर । उ रुन थाली उ रोएको पट्क्कै मन परेर अनि फकाउन थाले तर उसले मेरो हात उ नजिक बाट टाढा धकेल्दै भनी ” मोना दिदि तलाइ आखिर के भाको छ ,आफ्नो हुलिया देखेकी छस पागलनि जस्तो भकी छस खाना पनि खान्नेस हाम्रो हेरचाह नि छैन , मैले आज मामु लाई फोन गरेर सब कुरा भन्छु ।”  उ साचो कुरा नै भन्दै थिइ म पागल जस्तै भएकी थिएँ । मैले लगभ मेरो परिवार लाई बिर्सन लागेकी रहेछु। जुन परिवार मेरो साथमा बाल्यकाल देखि नै मेरो हरेक सुखदुःख मा साथ दिदै आएको थियो केबल उसको लागि जो हिजो देखि मात्र मेरो जीवन मा आएको थियो ।। बहिनीको कुराले मलाई गहिरो गरि सोच्न बाध्य बनायो । म केबल दिपकको लागि बाचेको जस्तो लाग्थ्यो तर बहिनी को कुराले मेरो परिवारको लागि अब मैले बाच्नु छ जस्तो लाग्यो अनि आफू अलिक सम्हालिएँ त्योदिन देखि घरको सम्पुर्ण काम गर्न थाले । भाइ र बहिनीलाई दिन थालेँ सबै माया। तिनीहरु कै हेरचाहमा मेरो दिन चर्या  बित्न थाल्यो ।  केही समय पछि मेरो ममि पनि फर्कनु भयो भाइ सानै थियो अनि बुबाले इन्डिया मा रोजगारी गर्नु हुन्थ्यो तै पनि हाम्रो परिवार सम्पन्न थिएन मलाइ पनि परिवारको स्तर  सुधार्न मन लाग्यो। त्यति बेला जापानमा स्टुडेन्ट भिसा मा धेरै मेरो उमेरका केटा केटि जान्थे ।  मैले पनि त्यही सोच बनाएर मेरो मामा को छोरा को सहयोग लियर जापान गएकी हुँ ।
………………………………………………………….
दिदीले आफ्नो सबै कुरा भनेर सक्नु भएको थियो ।। त्यसबखत मलाइ दिदी को कुराले आँसु नै आएको रहेछ तर दिदी को अनुहार भने निकै हलुका देखिन्थ्यो मानौ कि कुनै भरियाले  गर्हौँ भारी बिसाए पछि को अवस्था होस।। साएद त्यो कुरा दिदी ले अरुलाई भन्नू भएको थिएन।। अन्तिममा मैले सोधे “दिदी के तपाईंले दीपकलाई अझै पनि माया गर्नु हुन्छ । ” उहाँको उत्तर आयो । ” उ मेरो मनमा त उ सधै बसि रहने छ तर एउटा डरलाग्दो सपना जस्तै बनेर ।। तर मेरो उ प्रतिको माया भने पुर्ण रुपमा मरि सकेको छ।”
दीपक ले गत महिनामा बिहे गरेको कुरा पनि दिदी ले भन्नू भयो ।।
……………………………………………………………..
मोना दिदीले आफुले मन पराएको मान्छे पुर्ण रुपमा गुमाएकी थिइन तर पनि उनको अनुहार मा कत्ती पनि त्यसको पीडा देखिन्थेन ।। सायद पिडालाइ शक्ति बनाएकी थिइन । आफ्नो सम्पुर्ण प्रयास आफ्नो परिवारको लागि सुम्पेकी थिइन ।। म त माया प्रेमलाई नबुझेको मान्छे मिलन अनि बिछोड के हो भन्ने पनि थाहा थिएन तर मोना दिदी को कथा सुनेर माया प्रतीको जुन उत्साह थियो त्यो हरायो।। अनि मैले त्यस पछि कुनै प्रश्न सोध्न भने सकिन। ।। अनि मेरो मनमा प्रश्न उठ्न थाल्यो कि त्यो कथा लाई म कसरी सब्दमा बयान गरुँ ।।।।।
………………………………………………………….
“बिर्सेको त छैन मैले तिमी जहाँ  भएपनि” गितको लागि विशेष आभार साथै यो कथा लेखनमा साथ दिनु हुने सम्पुर्ण लाई धन्यवाद ।। यो कथा पात्रको बिशेष सहमतीमा लेखिएको ले कसैको जिबनमा मेल खाएमा संयोग मात्र हुनेछ।।
……………….…………………………………………
© लेखक केशवराज भन्डारी।।।।
9845240517

चिनले कृतिम सुर्य बनायो।।

चीनले बनायो कृत्रिम सुर्य

 

फोटो :एजेन्सी

पेइचिङ्: चीनका बैज्ञानिकहरु कृत्रिम सूर्य निर्माण गर्न सफल भएका छन् । सूर्यभन्दा तीन गुणा बढी तातो कृत्रिम सूर्य बनाउने काममा चिनियाँ बैज्ञानिकले सफलता पाएका हुन् । 

 

इन्स्टिच्यूट अफ फिजिकल साइन्सका बैज्ञानिकहरुले हालै हाइड्रोजन ग्यासको प्रयोगबाट ५ करोड डिग्री सेल्सियसको चरम तापक्रम पैदा गर्न सफल भएका हुन् । उनीहरुले १ सय २ सेकेन्डसम्म सो तापक्रम कायम राख्न सफल भएको पनि समाचारमा जनाइएको छ । 

 

ग्यासको तुलनामा न्यूक्लियर इनर्जी बढी महत्वपूर्ण र प्रभावकारी हुने हुँदा कृत्रिम सूर्य निर्माण गर्न सफल हुनुले सूर्यबाट प्राप्त इन्धनमाथिको परनिर्भरतालाई अन्त्य गर्न सकिने चिनियाँ बैज्ञानिकहरुले विश्वास लिएका छन् ।

 

अंग्रेजी अखबार मिररको अनलाइन संस्करणका अनुसार चीनका वैज्ञानिकहरुले ५ करोड डिग्री सेल्सियस तापमानलाई त्यो समयसम्म कायम राख्न सफल भए जुन समयसम्म न्युक्लियर फ्युजन च्याम्बरको कोर यो तापमानमा पग्लेर नष्ट हुँदैन । 

 

वैज्ञानिकहरुका अनुसार अब सूर्यसहितको इन्धनमा हाम्रो निर्भरता समाप्त हुन सक्नेछ किन कि ग्यासमार्फत पैदा हुने न्युक्लियर इनर्जीलाई धेरै मात्रामा प्रयोग गर्न लायक इन्धनमा बदल्न सकिनेछ । 

 

चिनियाँ वैज्ञानिकहरुको यो आविष्कार त्यो प्रोजेक्टको हिस्सा हो जसबाट न्युक्लियर फ्युजन रियक्टरमार्फत प्रयोग गर्न लायक इन्धन बनाउन सकियोस् ।

नेपाल टेलिकमले भोलि फागुन १ गतेदेखि अाफ्नो वाइफाइ हटस्पट इन्टरनेट (Wi-Fi Hotspot Internet)  सेवामा विशेष सुविधा दिने भएको छ।

सुविधा अन्तरगत मात्र ३० रुपैयाँमा (करबाहेक ) ५ घन्टासम्म ५१२ केबिपीएसको स्पीडमा इन्टरनेट चलाउन पाइनेछ।  यसको  भ्यालिडीटी ७ दिन हुने कम्पनीले जनाएको छ। 

पहिले भने यो सेवा प्रयोग गरे वापत ग्राहकहरूको मोबाइलबाटै १० रुपैयाँ ब्यालेन्स काटिन्थ्यो र २४ घन्टा भित्र एक घन्टासम्म इन्टरनेट चलाउन सकिन्थ्यो। 

टेलिकमको हटस्पट वाइफाइबाट नेपालका विभिन्न स्थानमा इन्टरनेट चलाउन सकिन्छ।

वाइफाइ मार्फत इन्टरनेट चलाउनको लागि जिएसएम तथा सिडिएमए पोष्टपेड वा प्रिपेड मोवाइलको म्यासेज बक्समा गई wifi टाइप गरी १४१६ मा म्यासेज पठाउनुपर्छ।त्यसपछि आफूलाई प्राप्त हुने पासवर्ड प्रयोग गरेर इन्टरनेट चलाउन सकिन्छ।

जिन्दगीमा प्रेमको अर्थ त्यसैले बुझेको हुन्छ जसको प्रेम अधुरो हुन्छ।


… “ऊ लपक्कै मसंग टासिइ। मैले पनि उसलाई कसिलो गरि अङ्गाले। त्यसपछिका मेरा हरेक क्रियाकलापमा उसले मौन स्वीकृति दिई। मैले पनि त्यो अवसरको भरपुर फाइदा लिदै थिएँ। यी क्रियाकलाप भन्दा पनि ऊसँग यसरी भेट पाउनु नै मेरा लागि ठुलो अवसर थियो।  यस्तो नौलो र एकान्त ठाउँमा यसरी ऊसँग पहिलो पल्ट थिएँ। म अचम्म मानेर उसका हरेक क्रिया प्रतिक्रिया नियालिरहेको थिएँ। मैले उसलाई  यस्तो अवस्थामा कहिल्यै कल्पना समेत गरेको थिएन। बिस्तारै उसलाई काखमा बसालेँ। उसले पुरै शरीर छोडिदिइ, मानौं ऊ पुरै बेहोस छे। मेरा हात उसको कपाल हुँदै बिस्तारै अनुहारसम्म पुग्दै थिए। म सम्हालिनै नसक्ने अवस्थामा पुगिसकेको थिएँ। उसको ओठको नजिक मेरो ओठ पुर्‍याउदा समेत प्रतिकार गर्नुको साटो उसले झन् मलाई साथ दिन खोज्दै थिइ। बलबुताले भ्याएसम्म उसले मलाई अठिलो गरि समाइ। एक दिन मैले जिस्किएर यस्तै  कुरा गर्दा ‘बिबाह भन्दा पहिला तिमी मलाई सपनामा पनि त्यस्तो अवस्थामा नदेख’ भनेकी थिइ। तर उ कसरी पुरै १८०° चेन्ज भइ। उसलाई किस खादै म पुरै ऊमाथी हुन पुगेछु।

“बोल्दैन त्यो तिम्रो तस्बिर हेर्दाहेर्दै रात बित्यो….” बज्दा पो झस्किए, पाँच बजिसकेछ। “लौ कलेज जान ढिलो हुने भो।” बल्ल बुझेँ १८०° चेन्ज कसरी भएकी रैछे। मैले सपना पो देख्दै रैछु। पहिले त आफ्नो अवस्था देखेर एक्लै हासो लाग्यो। सुत्ने बेला टाउकोमा भएको सिरानीलाई पो अङ्गालेको रैछु। ओढ्ने सिरक खाटमुनी झरेछ। मुख पुरै प्याकुल प्याकुल सुकेको थियो। सकिनसकी तन्किएर सिरक झिके। संगैको बोतलको एक बोतल पानी सासै रोकेर खाएँ। ‘कस्तो सपना देखेछु। बिहानपख देखेको सपना पुग्छ रे’ मैले मनमनै बिचार गरेँ।
         *********
त्रिचन्द्र कलेजको एडमिसन सेक्सनबाट एडमिसन सकेर ‘सरस्वती सदन’, ‘ट्युटोरियल बिल्डिङ’ हुँदै ‘माइक्रोबायोलोजी डिपार्ट’ तिर जाँदै थिएँ। युनिभर्सिटीको पहिलो दिन, नयाँ ठाउँ, मलाई असहज फील भएको थियो। कुनै परिचयबिना नै एउटी केटीलाई देख्ने बित्तिकै सोधिहालेँ, “माइक्रोबायोलोजी डिपार्ट कता हो?” ऊ पनि एक्लै रैछे। घर नवलपरासी कावासोती रे, नाम  श्वेता तिवारी, चितवनको अरोमा कलेज देखि +२ गरेकी रे। ‘श्वेता अब मेरि साथी हुने भई। जिन्दगी कै सबैभन्दा नजिककी केटीसाथी’ कल्पना गरेँ। अहिलेसम्म कुनै केटीसंग यतिसम्म पनि नजिकिएको थिएन। यसलाई संयोग भनौं या अवसर?..
            ***********
त्रिचन्द्र कलेजको संस्कार नै त्यस्तै, जोडी भएर बसिएन भने सोसाइटी मै परिदैन। “एकजनालाई क्लासदेखि निकालिदिए २ जना निस्कन्छन्” सरहरु यस्तै भन्थे। मलाई साथ दिने श्वेता थिई। कुनै दिन ऊ आइन भने मलाई साह्रै नरमाइलो र एक्लो फिल हुन्थ्यो। यत्ति छोटो अवधि मै ऊ मेरो मनभित्र बसेकी थिइ।
        **********
सिडीओकी एकमात्र छोरी हो श्वेता। शिक्षित र सम्पन्न परिवार। त्यो भन्दा नि लोभलाग्दो उसको स्वभाव र व्यबहार। हरेक कुरामा ऊ निपुण थिइ, हरेक कुरामा अपडेटेट पनि। उसका के चै कुरा मलाई मन परेन र? सबै आफ्ना लाग्थे, सबै राम्रा। लामो समयसम्मको संगत र भित्रैदेखी उसलाई मन पराउन थालेको भएपनि म कहिल्यै उसकोसामु प्रेमको बिषयमा खुल्न सकिन। न त उसले नै कुरा खोली। लामो समयसम्म फेसबुकमा कुरा भैसक्दा पनि सिधै भन्नै सकिनँ। घुमाउरो पारामा भनेको कुराको उसले पनि घुमाउरो पाराले बडो चनाखो भएर दुई अर्थ लाग्ने गरि जवाफ फर्काउथी। उसका कुनै कुनै कुराले लाग्थ्यो, उसले मलाई असाध्यै माया गर्छे।  तर पनि मैले घुमाउरो पारामा भनेका कुरा किन नबुझे झै पचाइदिन्छे?”
         ************
*”मुग्लिन आइपुगिएछ।” मैले झ्याल देखि बाहिर बोर्डमा हेरेरे भने। भैरहवा जाने ८७७१ नम्बरको बसको 5B मा बसिरहेको थिएँ। लामो समयपछि दशैतिहार बिदाको अवसरमा घर जाँदै थिएँ। ‘केही घन्टा अघिमात्र परिचय भएको केटाले किन आफ्नो सबै मनका कुरा मलाई सुनाउदै छ?’ मैले मनमनै बिचार गरेँ। राज ज्ञवाली, मणिमुकुन्द कलेज बुटवलदेखि +२ गरेको रैछ। घर बुटवल राजमार्ग चौराहा बताउथ्यो।
             **********
“…’श्वेता, मैले तिमीलाई भित्री हृदय देखि नै माया गर्छु। कसरी व्यक्त गरुँ, कसरी देखाउँ मैले मेरो मनको भावनालाई’ उसको सामु भन्ने आँट कहिल्यै आएन। भएको साथीको सम्बन्ध पनि नरहने पो हो कि भन्ने भुतले मेरो मनमा डेरा जमाइरहेको थियो।…
            *********
दिन, हप्ता, महिना हुँदै बर्ष बित्यो। हाम्रो सम्बन्धले यतिबेलासम्म हागा बिगा हालेर फल पनि दिइसक्नुपर्ने। प्रगति खासै देखिएन।
      ***********
एकाबिहानै श्वेताको फोन आयो, ‘कस्तो दिनमा फोन गरिछे, लौ आज त भ्यालेन्टाइन डे हो’ म झस्किएँ। ‘मलाई प्रपोज गर्न फोन गरेकी?’  जिस्काउन मन लागेको थियो, सकिन। रुममा भएको बेला कहिल्यै फोन नगर्न भन्थी। आज आफै गर्दैछे। निकै  गम्भीर भएर उठाएँ। हेल्लो भन्नासाथ उसले आफुले शिक्षा मन्त्रालय मार्फत छात्रा कोटामा MBBS को लागि फूल स्कोलरशीप पाएको र छिटै बाङ्लादेश जाने कुरा बताइ। बाङ्लादेशको लागि शिक्षा मन्त्रालयको परीक्षा हामी दुईले संगै दिएका थियौं, केही दिन अघि मात्र। अब जवाफमा म के फर्काऔँ? उसको खुसीमा बधाई दिउँ कि आफू अब एक्लो भएकोमा दुखी भएको कुरा बताउँ। म अलमल्लमा परेँ। बधाई पनि नदिउँ भने मलाई नजिकको मान्छे मानेर उसले आफ्नो खुसीमा खुसी थपोस् भनेर नै फोन गरेकी छे। खुसी मनाउने अवस्थामा म थिइनँ। उसंग छुट्टिनुपर्ने कुराले मेरो मन भत्भत्ती पोलिरहेको थियो। मलाई थाहा छ, श्वेताले बाङ्लादेश पुग्ने बित्तिकै मलाई भुल्छे। एउटा त उसको पढाई अर्को अन्तर्राष्ट्रिय कल, ईन्टरनेटको पहुँच आदिले उसको र मेरो दुरी अवस्य टाढा बनाइदिनेछ।  मन निकै गरुँगो बनाएर, “बधाई छ, मलाई भेट कहिले दिन्छौं?” भनेँ।
      **********
श्वेताको निमन्त्रणालाई मानेर म उसको कमलपोखरीस्थित कोठा तिर गएँ। म पहिलो पटक उसको कोठामा जाँदै थिएँ। मलाई लिन सिटिसेन्टर नेर आइपुगी, श्वेता। “भोलि बिहान ९ बजेको टिकट छ, ६ बजे अघि नै एयरपोर्ट पुग्नुपर्छ” मलाई भेट्ने बित्तिकै भनी। अहिलेसम्म कलेजमा बाहेक कहिल्यै म श्वेतासंग भेटेको थिइन। काम परेको बेला बाहेक फोनकल वा च्याटमा पनि कुरा खासै हुदैनथ्यो ऊसँग। नोट, प्राक्टिकल कापी वा किताहरु ल्याइदिने, यस्तै हुन् ऊसँगका कामहरू।  रूममा पुग्ने बित्तिकै सबैलाई नमस्कार गरेँ। उसका दुइटा दाइ, उसकी सानीमा र सानीमाका साना दुइटा छोराछोरी थिए। आफ्ना बाबामम्मी आउन नभ्याएको रे। किन नआएका हुन् मैले चासो राखिन। कलेज पढाउने उसको मम्मी र सिडिओ बाबाले छुट्टी पाएनन् होला। छुट्टि मिलाउन त सक्दा हुन्, श्वेता हतारमा जानुपर्ने भएकोले त्यही समयमै उनीहरूको छुट्टी मिलेन होला। मलाई श्वेताले सबैको सामु परिचय गराइ। जमघटमा त्यस्तो खासै विशेष कार्यक्रम त केही पनि थिएन, भेटघाट मात्रै। “बधाई छ श्वेता, तिमीले ठुलो उपलब्धि हात पारेकी छौ। तिम्रो खुसीमा तिमी भन्दा धेरै ‘हामी’ खुसी छौँ। धेरै प्रगति गर्नु, तिम्रो भविस्यको लागि धेरै धेरै शुभकामना……।”  मनलाई सम्हालेर यतिसम्म भनेँ। ऊसँग लगभग सधैको लागि छुट्टिदैछु भन्ने कुराले यो शुभसमाचार पनि मेरा लागि अशुभ झै लागिरहेको थियो। सेरेमोनी सकिसकेपछी मलाई अघि कै ठाउँमा छोड्न श्वेता नै आइ। “श्वेता तिमीसंग छुट्टिने कुराले मलाई साह्रै नरमाइलो लाग्दैछ। तिमीसंग बिताएका झन्डै साडे २ बर्ष मैले सधै मिस गरिरहनेछु” आँट गरेर यतिसम्म भनेँ। “तिमीलाई भन्दा धेरै मलाई नै फील भएको छ राज। तिमीलाई सबैभन्दा महत्त्वका साथ मैले यहाँ किन बोलाएँ? तिमी आफै सोच।”
श्वेताको यहि बानी मलाई मन पर्थ्यो। ऊ सधै जुनसुकै कुरा साङ्केतिक रुपमा भन्थी। थोरै शब्द उच्चारण गर्थी, तर त्यसको अर्थ व्यापक हुन्थ्यो।
       ********
त्यही श्वेता हो जसलाई कहिल्यै ‘मैले तिमीलाई मनपराउछु” सम्म भन्न सकिन। त्यहीँ श्वेता हो जसलाई मैले सपनामा मात्र किस खाएको छु, सपना मै शारीरिक सम्बन्ध राखेको छु।
       ***********
चक्र, तपाईं आफै भन्नुस्, यस्तो कथालाई तपाईं प्रेम कथा भन्नुहुन्छ कि भन्नू हुन्न? हाम्रो सम्बन्ध प्रेमसम्बन्ध हो कि होइन? के प्रेम भनेको आइ लभ यू भन्ने, घुम्न जाने, संगै फिल्म हेर्न जाने, किस खाने वा शारीरिक सम्बन्ध राख्ने मात्र हो? प्रेम भनेको भावना होइन र?
         ***********
लौ अब प्रश्न जति म माथी तेर्सिए। मैले उत्तर दिने अवस्थामा थिइन। उत्तर पनि ‘२+२ कति हुन्छ’ भने  झै ठ्याक्कै एउटै कहाँ हुन्छ र? यी त तर्क दिने प्रश्नहरु हुन्। तर्क मान्छेपिक्छे फरक हुनसक्छ।  “मैले प्रेम बुझ्दिन, मलाई केही पनि थाहा छैन” भन्दै ऊबाट उम्किन खोजेँ। किनकि मलाई बुटवल देखि गुल्मीको लागि अर्को चरणको यात्रा तय गर्नु थियो। “मेरो पनि भुकम्पका पराकम्पनले चिरा परेको सम्बन्धको कथा छ। काठमाडौंमा कुनै दिन भेटेर कुरा  गरौंला।” म त्यहाँबाट छुट्टिएँ।
         ************
यो कथा काल्पनिक कथामा आधारित भएकोले यहाँ प्रस्तुत पात्र पनि काल्पनिक नै हुन्। कसैको जीवनसंग मेल खाएमा संयोगमात्र हुनेछ।
कथामा प्रस्तुत: ©बुटवलको मणिमुकुन्द कलेज, ©चितवनको अरोमा कलेज, ©काठमाडौंको त्रिचन्द्र कलेज र ©प्रस्तुत गीत “बोल्दैन त्यो तिम्रो तस्बिर ….”का लागि बिशेष आभार।